बैशाख २८ धनगढी । भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी नाकामा नेपालीहरुले चेकजाँचका क्रममा लुटिने गरेको गुनासो गरेका छन् ।
भारत–पाकिस्तान बिचको पछिल्लो सैन्य तनावका कारण नेपालीहरु घर फर्किरहेको अबश्थामा चेकजाँचका क्रममा सिमानामा लुटिने गरेको गुनासो गरेका हुन ।
कामको सिलसिलामा भारतमा रहेका र नाकामा आवत जावत गर्ने नेपालीहरुले निक्कै समस्या भोग्नु परेको उनीहरुले बताएका छन् ।
नाकामा चेकजाँचको क्रममा भारतीय सुरक्षा कर्मीहरुले अनावश्यक दुःख दिएर पैसा समेत लिने गरेको नेपालीहरुले गुनासो ग रेका छन ।
कैलालीको त्रिनगर भन्सार नाकामा परिचय पत्र देखाउदा पनि भारतीय प्रहरीले आफ्नो खल्तीबाट एक हजार रुपैयाँ लिएको भारतबाट नेपाल र्फकेका कैलालीका अर्जुनबहादुर पार्कीले बताए ।
Post Views: 193


