अहिले पनि मान्छेहरु विरामी हु“दा जडीबुटीकै भर पर्नु भनेको देशकै लागी लज्जाको विषय हो । शहर बजारमा धेरै भन्दा धेरै सुविधा सम्पन्न अस्पताहरु भए पनि गाउ“मा सामान्य स्वाश्थ्य र्चाैकी समेत नभएर नागरिकले जडीबुटीकै भर परी उपचार गर्ने गरेको कुराले सबैको मन छोएको छ ।
बझाङको तलकोट गाउँपालिका वडा नम्बर–३ को कृकिट्ने गाउ“का बासन्दिाले विरामी हु“दा अहिले पनि जडीबुटीकै भरमा उपचार गराउनु पर्ने बाध्यताले सबैलाई स्तब्ध बनाएको छ । स्वास्थ्य चौकी,स्वास्थ्यकर्मी केही नभएको दुर्गम गाउ“का स्थानीयले जडीबुटीकै भरमा उपचार गराउनु पर्ने बाध्यकारी अबश्थाको अन्त्य गर्न जरुरी छ ।
हुन त जडीबुटीलाई आयुर्बेदिक उपचार भनिन्छ र अहिले यसको क्षेत्र पनि बढ्दै गएको छ । तर पनि जटील खालका विरामको उपचार एलोपैथिक नै भएकाले दुरदराजका बस्तिहरुमा स्वाश्थ्य चौकिको विकास गर्न जरुरी छ । सामान्य देखि जटिल खाल को बिरामी हु“दा पनि स्थानीयले जटिबुटीको खोजी गर्न जंगल धाउनु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ ।
बझाङको कृकिट्टे गाउ“ उदाहरण मात्रै हो यस्ता थुप्रै गाउ“हरु छन जो स्वाश्थ्य उपचारको पहु“च भन्दा बाहीर रहेका छन । यस्ता गाउ“मा राज्यले सामान्य ज्वरो, पखाला, रुघाखोकी, आ“उ जस्ता रोगको गाउ“मै उपचार हुने ब्याबश्था मीलाउन जरुरी छ । जटील बाहेक सामान्य रोगको उपचारको ब्याबश्था गाउ“मै मीलाउन जरुरी छ ।
हुन त जंगलमा पाईने बहुमूल्य जडीबुटीले अस्पताल नभएको अबश्थामा उपचार गरिएकै हो । लालीगुँरासको फुल, गनाल्दो, कटुकी, टिमुर पानी आदी खाएर उपचार गरेकै हुन । हात खुट्टा भाचीएको अबश्थामा बासका चोयाले बाधेर ठीक गरेकै हुन । तर त्यतीबेलाको सामय र अहिलेको समयमा आकास र जमीन विचको फरक भएकाले कृकिट्टे गाउ“का स्थानीयले उपचार पाउने ब्याबश्था राज्यले गर्न जरुरी छ ।
घर परिवारमा कोहि बिरामी भएमा जडीबुटी गरेर ठिक हुने कुरा राम्रो कुरा हो । तर ठीक भएन भने श्वाश्थ्यमाथीको खेल्बाड हो । यस्तो अबश्थामा अकालमा ज्यान जान सक्ने भएकाले समयमै राज्यले नागरिकको उपचार गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ ।
डोकोमा बोकेर जटील खालका विरामीलाई टाढाको स्वाश्थ्य चौकीमा उपचार गर्न लिनु पर्ने बाध्यताको अन्त्य गर्न एम्बुलेन्सको ब्याबश्था गर्न जरुरी छ । बाटो नभएका स्थानमा बाटो बनाउन जरुरी छ । स्वास्थ्य चौकीसम्म दुर दराजका नागरिकको पहु“च पु¥याउन जरुरी छ ।

