माघ २५ कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१० सुकासालमा भीमदत्त नगरपालिका वडा नम्बर–७ बस्ने २३ वर्षका प्रबिन धानुकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००४ प ७९० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार भीमदत्त नगरपालिका वडा नम्बर–१६ बस्ने ३१ वर्षीय हिमाल बहादुर बमको साथबाट सुन्य दशमलव ६१ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरी पक्राउ गरिएको हो ।
मोटरसाइकल र दुवै जनालाई अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको जानकारी गराइएको छ ।
Post Views: 16