"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराका बाढीपीडितहरुले अझै राहत रकम पाएनन्

Khabar Raftar

पौष २६ बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत रकम पाएका छैनन् । २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका पीडित नागरिकले अहिले सम्म राहत रकम नपाएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

क्षतिपूर्तिका लागि बेला बेला प्रशासन धाउँदा पनि सुनुवाइ नभएको बाढीपीडितले गुनासो गरेका छन् । बाढीपीडितहरुले पहिलो किस्ताको पनि आधा रकम मात्र पाएको पीडित किसन कार्कीले बताए । पहिलो किस्तामै ५० हजार पाउनु पर्ने बताउदै उनले ३५ हजार मात्र दिएको बताए ।

बाढिपहिरोबाट विस्थापित भएको पाँच वर्ष पुगेको बताउदै उनले हालसम्म पहिलो किस्ताकै पुरा रकम नपाएको बताए । बाढीपहिरोबाट विस्थापित भएपछि जिल्ला प्रशासन कार्यालयमा राहतका लागि निवेदन दिएको बताए । सरकारले पूर्ण क्षति भएकालाई मात्र राहत दिने भए पछि प्रमाण पेश गर्न भनिएको उनले बताए ।

प्रमाण पेश गरेको भए पनि अहिले सम्म राहत तथा क्षतिपूर्ति रकम नपाएको उनले बताए । त्यसैगरी बाढीपीडित टीका नाथले सरकारले बाढीपीडितलाई घर बनाउनका लागि पाँच लाख सम्म दिने भनेर सबै विवरण सङ्कलन गरेर लगेको बताईन । रकम दिन्छ भनि विश्वास लागेकाले ऋण लिएर घर बनाएको बताउदै उनले हालसम्म रकम नपाए पछि पीडितहरूलाई झन् पीडा भएको बताईन ।

साहुले पैसा मागिरहेको बताउदै उनले पैसा नभएकाले ऋण तिर्न नसकेको     बताईन । त्यसैगरी प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बडीमालिका नगरपालिकाका बाढीपीडित नागरिकका लागि विपत् व्यवस्थापन समितिले जम्मा ३७ परिवारलाई ३५ हजार रुपैयाँका दरले रकम भुक्तानी गरेको बताए ।

सङ्घीय सरकारबाट बजेट नआउँदा पीडित परिवारको राहत तथा क्षतिपूर्तिको रकम भुक्तानी गर्न नसकिएको उनले बताए । पीडित परिवारले घर निर्माणका लागि पाउनु पर्ने पाँच लाख रुपैयाँमध्ये ३५ हजार मात्र भुक्तानी भएको अधिकारी पाध्याले जानकारी गराए ।

बाढीबाट घरविहीन भएका परिवारको नामावली स्थानीयस्तरमा सङ्कलन गरेर पठाएको तथ्याङ्क अनुसार मनसुनजन्य विपत्का लागि १५ करोड रुपैयाँको माग गरेको उनले बताए । माग अनुसारको बजेट आउन नसकेको उनले जानकारी   गराए । तत्काल मनसुनजन्य विपतका लागि भनेर छ करोड ४५ लाख रुपैयाँ आएको उनले जानकारी गराए ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png
Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ