बैशाख २८ बाजुरा । सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भर्खरै सुदूरपश्चिम प्रदेश आएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विकले नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी भएको बताएका छन ।
प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरीक्षणका क्रम्मा आइतबार बझाङ पुगेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विकले जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षणका क्रम्मा यस्तो बताएका हुन ।
बडीमालिका नगरपालिकाले आईतबार बिहान कार्यक्रमको आयोजना गरी (डीआईजी) सहितको टिमलाई स्वागत गर्न आयोजना गरेको स्वागत कार्यक्रममा (डीआईजी) विकले सुदूरपश्चिमका जिल्लाको शान्ति सुरक्षा अमन चयनमा निरन्तर लाग्ने बताएका छन् ।
समाजको शान्ति सुरक्षा अमन चयनका लागि नागरिक र समाजको मैत्रीपूर्ण व्यवहार हुन जरुरी रहेको बताउदै उनले सीमा नाकामा देखिएका समस्यामा समेत आफ्नो ध्यान गएको बताए । जिल्लामा हुने अपराधिक घटनालाई राजनीतिकरण नहुने गरी भूमिका खेलिदिन उनले अनुरोध समेत गरेका छन् ।
बाजुरा प्राकृतिक मनोरम छटाले भरिपूर्ण रहेकोले यसमा सबैको ध्यान जानुपर्ने आवश्यकता भएको उनले बताए । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बाजुरा सहित सुदूरपश्चिम प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्नमा महत्वपूर्ण भुमिका खेल्न आग्रह गरेका थिए ।
स्वागत कार्यक्रममा (डीआईजी) विक संगै एसपी सरोज पौडेल, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख इकवाल हवारी, वडा अध्यक्ष डम्बरबहादुर महत, चन्द्रबहादुर थापा लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो ।


