बैशाख २८ डडेल्धुरा । डडेल्धुराको स्याउलेबजारमा रिफ्रेस सेन्टर स्थापना गरिएको छ । सवारी चालक, सहचालक र यात्रुहरुका लागि ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको हो । उक्त रिफ्रेस सेन्टरको आइतबार सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी छिन ।
उद्घाटन कागर्यक्रम्मा बोल्दै मन्त्री खड्काले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । अहिलेसम्म प्राप्त सेवा सुविधाका आधारमा प्रहरीले आफ्नो जिम्मेवारी निभाइरहेकाले आगामी दिनमा आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको उनले बताईन ।
विशेषगरी लागुऔषधको बढ्दो समस्या प्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय सरकारहरूलाई समेत जिम्मेवार बन्न आग्रह गरिन् । उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई १ सय थान लागुऔषध चेकजाँच किट पनि हस्तान्तरण गरिन् ।
चालक तथा यात्रुहरूलाई यात्राका क्रममा विश्राम दिने उद्देश्य सहित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाको केन्द्र स्याउलेमा ‘रिफ्रेस सेन्टर’ निर्माण गरिएको हो ।

