"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

No data was found

Khabar Raftar

बैशाख २८ धनगढी । स्थानीय सेवा ऐन ल्याउन माग गर्दै सुदूरपश्चिम पदेशको मुख्यमन्त्री कार्यालय अगाडी स्थानीय सेवाका कर्मचारीहरुले धर्ना दिएका छन । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै स्थानीय सेवाका कर्मचारीहरुले मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका हुन ।

बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदा सम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा अनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले धर्ना दिएका हुन् । बिहान ९ बजेदेखि ११ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडि प्रवेशद्वारमा धर्नामा बसेको संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए ।

स्थानीय सेवा ऐन ल्याउन पटकपटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले बताए । लामो समय देखि स्थानीय सेवा ऐन ल्याउन प्रदेश सरकारलाई आग्रह गर्दै आएको बताउदै उनले गत माघमा प्रदेश सभामा दर्ता भएको विधेयक अहिलेसम्म पारित नभएको बताए ।

ऐन अभावमा वृत्ति विकास अवरुद्ध भएको बताउदै उनले स्थानीय तहको काम समेत प्रभावित भएको बताए । सरकारले आश्वासन मात्रै दिएको बताउदै उनले अत्यावश्यक सेवा बाहेकका काम ठप्प पारेर सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारीहरु धनगढी आएर आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

माग पूरा नहुँदा सम्म चरणबद्ध आन्दोलन गर्ने उनले जानकारी गराए । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका कर्मचारीहरू आन्दोलन गर्न धनगढी आइपुगेकाले सेवाग्राहीले दुख भोग्नु परेको छ ।

कर्मचारी आन्दोलनमा हुँदा सेवाग्रहीले वडाकार्यालयबाट प्रदान गरिने सेवाहरु नपाएर बञ्चित हुनु परेको हो । प्रदेश सरकारले ऐन नल्याउँदा लामो समयसम्म एउटै स्थानीय तहमा काम गर्नु परेकाले विभिन्न किसिमका हस्तक्षेप र समस्या भोग्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण