"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

No data was found

Khabar Raftar

बैशाख २८ बाजुरा । परम्परागत रुपमा समाजमा रहेको छुवाछूत कुप्रथा र समग्र विभेद विरुद्ध आवाज उठाउने संकल्प सहित बाजुरामा दलित जागरण अभियानको सुरुबात गरिएको छ । आफ्ना लागि आफै, दलितका लागि दलित भन्ने मुल नाराका साथ शनिबार बाजुराको जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र सुइजिउलाबाट दलित जागरण अभियानको सुरुबात गरिएको हो ।

स्वामीकार्तिक दलित नेटवर्क तथा मुक्त हलिया सञ्जालको आर्थिक र प्राविधिक सहयोगमा आफ्ना लागि आफै, दलितका लागि दलित अभियान बाजुराको आयोजनामा अभियान सुरु गरिएको अभियानका अध्यक्ष दीपक कडाँराले बताए ।

वर्षौदेखि समाजमा विद्यमान जातीय छुवाछूत र विभेद जस्तो जघन्य अपराध विरुद्ध दलित समुदायलाइ एक ठाउँमा ल्याउने उदेश्यले जागरण अभियान आयोजना गरिएको बताउदै उनले अभियान जिल्लाभर सञ्चालन गरिने बताए ।

कार्यक्रममा जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रतिनिधि, कुण्डा क्षेत्रका दलित समुदायका अगुवासंगै स्थानीय दलित समुदायबीच प्रणालीगत विभेद, न्यायमा पहुँचको अभाव र प्रतिनिधित्वको कमी जस्ता विषयमा व्यापक रुपमा छलफल गरिएको उनले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले दलित समुदाय माथि उपल्लो भनिने जातले सधै दमन र उत्पीडनमा राखेर विभेद गरेको र राज्यको मौनताबारे दलित समुदाय एकजुट भएर देशैभर जागरण अभियानको आवश्यकता भएका बताएका छन ।

विभेदका विरुद्ध राजनीतिक दलभन्दा माथि उठेर वर्गीय लडाई बाजुरामा लड्न आवश्यक रहेको उनीहरुले बताएका छन । अभियानका अध्यक्ष दीपक कडाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध दलित नेता र अगुवाहरुको सहभागीता रहकेो थियो ।

स्वामीकार्तिक खापर गाउँपालिकबाट अभियानको शुभारम्भ गरेर जिल्लाभर सञ्चालन गरिने बताउदै कडाराले हालसम्म सबै राजनीतिक दलले दलित समुदायलाई प्रयोग मात्र गर्ने गरेकाले एक ठाउमा उभिनका लागी अभियानले योगदान पु¥याउने बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण