"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न

Khabar Raftar

जगत जैगडी,मंसिर २३ धनगढी । नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । नायल कृषि सहकारी संस्था लिमीटेडका अध्यक्ष पदमराज गिरीको सभापतित्व र सुदूर पश्चिम प्रदेशका भुमि तथा कृषि सहकारी मन्त्री बिरवहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न भएको हो । मन्त्री थापाले कार्याक्रममा पानसमा दियो बालेर उद्धाघाटन गरेका थिए । उद्धाघाटन कार्यक्रम बोल्दै मन्त्री थापाले नायल सहकारीले छोटो समयमा प्रगति गरेको बताउँदै सहकारी समिती धेरै सकृय भएको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले देशका धेरै सहकारी संचालकले गर्दा सहकारीको बेइज्जत भएको बताउदै सुदूरपश्चिका व्यक्तिले संचालन गरेको सहकारीमा समस्या नभएको बताए । उनले अरु ठाउँबाट आएका ब्याक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या भएको बताए । सहकारीले गाउँघरमा उत्पादन गरेका वस्तु बजारीकरण गर्ने काम सहकारीले गरेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा किसानले उत्पादन गरेका बस्तु बजारीकरण गर्न समस्या भईरहेको अबश्थामा अर्को तिर अहिले किसानलाई छाँडा चौपायले हैरान गरेको बताए ।

किसानले गाईबस्तु पाल्न छोड्डा प्राङगारिक मलको अभाव भएको बताउदै उनले अहिले उत्पादन गरेका कृषजन्य बस्तुमा रसायन मल प्रयोग भएको बताए । उनले रसायन मलले मानिसको शरिरमा समस्या गरेको बताए । उनले एकातिर रसायन मलमा सरकारको धेरै धनराशी खर्च हुन थालेको बताउदै अर्को तिर मानिसमा बिभिन्न रोगहरु देखिन थालेको बताए । किसानले गाईगोरु पाल्नु पर्ने त्यसको व्यवस्थापन सहकारीले गर्नु पर्ने र सहकारीको व्यस्थापन सरकारले गर्ने बताउदै उनले अव वास्तबिक किसानले अनुदान पाउनु पर्ने बताए ।

शेयर सदस्यले अब उत्पादन तिर गर्नुपर्ने बताउदै उनले स्थानीय सामुदायिक वनमा सदस्य भएको खाली ठाउँको सदुपयोग गर्नुपर्ने बताए । त्यसैगरी कार्यक्रमका बिशिष्ट अथिती वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्काले गोदावरी नगरपालिकाको अतिबिकट क्षेत्र ओलानी भएको बताए । अधिकांश मानीसहरु भारतको भरमा बाच्ने गरेको बताउदै उनले नायल सहकारी संस्थाले देखिने गरि काम गरेको बताए ।

अरु सहकारीले ऋण दिने मात्र काम गरेको बताउदै उनले यस सहाकारीले जनताको घर दैलो गरेर दुध संकलन गरेको बताए । डिडिसीको कारणले सहकारीमा अबिश्वासको खाडल पैदा हुन गएको बताउदै उनले सुदूरपश्चि प्रदेशका ८० प्रतिशत मानिस घरमा ताला लगाएर भारत जाने गरेको बताए । उनले कृषकले पाउनु पर्ने अनुदान नेताका आसेपासेले मात्र पाउने गरेको बताए ।

त्यसैगरी कार्यक्रमका बिशिष्ट अथिती वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम वडैलाले सहकारीले पहिला किसानले उत्पादन गरेको दुध टेम्पोमा दुवानी गर्ने गरेको बताउदै अहिले मोटरसाइकलमा दुवानी गरिरहेको बताए । त्यसैगरी सहकारीका अध्यक्ष गिरीले दुध डेरी अझै बढाइ यसको शाखा अत्तरियामा खोलि कृषकहरुलाई थप स्वरोजगार बनाइने बताए । किसानहरुले उत्पादन गरेका तरकारीलाई सहकारी मार्फत भण्डारण गरी बजारीकरणको व्यवस्थापन गरिने उनले बताए । एक घर एक भैसी पालन कार्यक्रममा जोड दिई शेयर सदस्यहरुलाई स्वरोजगार बनाइने उनले बताए । कृषि पेशा व्यवसायिक रुपमा गर्ने शेयर सदस्यलाई सहुलियत व्याजदरमा ऋण प्रदान गरिने जानकारी गराउदै उनले कृषि हाट बजार सञ्चालन गरिने बताए ।

सहकारीबाट कृषि तथा पशुपक्षी बिमा गरिने र उत्कृष्ट कृषकहरुलाई पुरस्कृत सहित सम्मान पत्र प्रदान गनिने उनले बताए । त्यसैगरी समाजमा पछाडी परेका समुदायका कृषकहरुलाई बिशेष प्राथमिकता दिईने बताउदै उनले दुधमा अनुदान बैकबाट भुक्तानी गरिने बताए । आर्थिक प्रतिवेदन प्रस्तुत र कार्याक्रम सचालन सहकारीका सचिव श्याम स्वारले गरेका थिए ।

र्आिर्थक बर्ष २०८०÷०८१ मा शेयर पुजि १२ लाख १३ हजार तीन सय रुपैया रहेको छ भने जगेडा कोषमा २ लाख ५६ हजार १ सय ६३ रुपैया रहेको छ । निक्षेप संकलनमा १० लाख ६७ हजार ५ सय २२ रुपैया रहेको छ । अनुदान हिसावमा १२ लाख १९ हजार ६ सय ६६ रुपैया रहेको छ । चालु आर्थिक बर्षमा १७ हजार ९ सय २३ रुपैया खुद बचत रहेको छ भने गत बर्ष २ लाख ५० हजार ९ सय ३५ रुपैयाँ रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहकारीका संस्थापक सदस्य नरदिप धामीले गरेका थिए ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते