"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न

No data was found

Khabar Raftar

जगत जैगडी,मंसिर २३ धनगढी । नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । नायल कृषि सहकारी संस्था लिमीटेडका अध्यक्ष पदमराज गिरीको सभापतित्व र सुदूर पश्चिम प्रदेशका भुमि तथा कृषि सहकारी मन्त्री बिरवहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न भएको हो । मन्त्री थापाले कार्याक्रममा पानसमा दियो बालेर उद्धाघाटन गरेका थिए । उद्धाघाटन कार्यक्रम बोल्दै मन्त्री थापाले नायल सहकारीले छोटो समयमा प्रगति गरेको बताउँदै सहकारी समिती धेरै सकृय भएको बताए ।

उनले देशका धेरै सहकारी संचालकले गर्दा सहकारीको बेइज्जत भएको बताउदै सुदूरपश्चिका व्यक्तिले संचालन गरेको सहकारीमा समस्या नभएको बताए । उनले अरु ठाउँबाट आएका ब्याक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या भएको बताए । सहकारीले गाउँघरमा उत्पादन गरेका वस्तु बजारीकरण गर्ने काम सहकारीले गरेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा किसानले उत्पादन गरेका बस्तु बजारीकरण गर्न समस्या भईरहेको अबश्थामा अर्को तिर अहिले किसानलाई छाँडा चौपायले हैरान गरेको बताए ।

किसानले गाईबस्तु पाल्न छोड्डा प्राङगारिक मलको अभाव भएको बताउदै उनले अहिले उत्पादन गरेका कृषजन्य बस्तुमा रसायन मल प्रयोग भएको बताए । उनले रसायन मलले मानिसको शरिरमा समस्या गरेको बताए । उनले एकातिर रसायन मलमा सरकारको धेरै धनराशी खर्च हुन थालेको बताउदै अर्को तिर मानिसमा बिभिन्न रोगहरु देखिन थालेको बताए । किसानले गाईगोरु पाल्नु पर्ने त्यसको व्यवस्थापन सहकारीले गर्नु पर्ने र सहकारीको व्यस्थापन सरकारले गर्ने बताउदै उनले अव वास्तबिक किसानले अनुदान पाउनु पर्ने बताए ।

शेयर सदस्यले अब उत्पादन तिर गर्नुपर्ने बताउदै उनले स्थानीय सामुदायिक वनमा सदस्य भएको खाली ठाउँको सदुपयोग गर्नुपर्ने बताए । त्यसैगरी कार्यक्रमका बिशिष्ट अथिती वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्काले गोदावरी नगरपालिकाको अतिबिकट क्षेत्र ओलानी भएको बताए । अधिकांश मानीसहरु भारतको भरमा बाच्ने गरेको बताउदै उनले नायल सहकारी संस्थाले देखिने गरि काम गरेको बताए ।

अरु सहकारीले ऋण दिने मात्र काम गरेको बताउदै उनले यस सहाकारीले जनताको घर दैलो गरेर दुध संकलन गरेको बताए । डिडिसीको कारणले सहकारीमा अबिश्वासको खाडल पैदा हुन गएको बताउदै उनले सुदूरपश्चि प्रदेशका ८० प्रतिशत मानिस घरमा ताला लगाएर भारत जाने गरेको बताए । उनले कृषकले पाउनु पर्ने अनुदान नेताका आसेपासेले मात्र पाउने गरेको बताए ।

त्यसैगरी कार्यक्रमका बिशिष्ट अथिती वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम वडैलाले सहकारीले पहिला किसानले उत्पादन गरेको दुध टेम्पोमा दुवानी गर्ने गरेको बताउदै अहिले मोटरसाइकलमा दुवानी गरिरहेको बताए । त्यसैगरी सहकारीका अध्यक्ष गिरीले दुध डेरी अझै बढाइ यसको शाखा अत्तरियामा खोलि कृषकहरुलाई थप स्वरोजगार बनाइने बताए । किसानहरुले उत्पादन गरेका तरकारीलाई सहकारी मार्फत भण्डारण गरी बजारीकरणको व्यवस्थापन गरिने उनले बताए । एक घर एक भैसी पालन कार्यक्रममा जोड दिई शेयर सदस्यहरुलाई स्वरोजगार बनाइने उनले बताए । कृषि पेशा व्यवसायिक रुपमा गर्ने शेयर सदस्यलाई सहुलियत व्याजदरमा ऋण प्रदान गरिने जानकारी गराउदै उनले कृषि हाट बजार सञ्चालन गरिने बताए ।

सहकारीबाट कृषि तथा पशुपक्षी बिमा गरिने र उत्कृष्ट कृषकहरुलाई पुरस्कृत सहित सम्मान पत्र प्रदान गनिने उनले बताए । त्यसैगरी समाजमा पछाडी परेका समुदायका कृषकहरुलाई बिशेष प्राथमिकता दिईने बताउदै उनले दुधमा अनुदान बैकबाट भुक्तानी गरिने बताए । आर्थिक प्रतिवेदन प्रस्तुत र कार्याक्रम सचालन सहकारीका सचिव श्याम स्वारले गरेका थिए ।

र्आिर्थक बर्ष २०८०÷०८१ मा शेयर पुजि १२ लाख १३ हजार तीन सय रुपैया रहेको छ भने जगेडा कोषमा २ लाख ५६ हजार १ सय ६३ रुपैया रहेको छ । निक्षेप संकलनमा १० लाख ६७ हजार ५ सय २२ रुपैया रहेको छ । अनुदान हिसावमा १२ लाख १९ हजार ६ सय ६६ रुपैया रहेको छ । चालु आर्थिक बर्षमा १७ हजार ९ सय २३ रुपैया खुद बचत रहेको छ भने गत बर्ष २ लाख ५० हजार ९ सय ३५ रुपैयाँ रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहकारीका संस्थापक सदस्य नरदिप धामीले गरेका थिए ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन