मंसिर ११ धनगढी । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश समितिले बस दुर्घटनामा परि घाईते भएका कार्यकर्ताहरुको सिघ्र स्वाश्थ्य लाभको कामना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रेस विज्ञप्ती जारी गदै बस दुर्घटनामा परि घाईते भएका कार्यकर्ताहरुको सिघ्र स्वाश्थ्य लाभको कामना गरेको हो ।
यहि मङ्सिर ८ गते ११ औं पार्टी पुनर्गठन दिवसका अवसरमा भ्रष्टाचारका विरुद्ध र रोजगारको लागी धनगढीमा आयोजना गरिएको जनमार्च कार्यक्रमलाई सफल पारी फर्किर्ने क्रम्मा कंचनपुरको शुक्लाफाटा नगरपालिका बनारा पुल नजिक बस दुर्घटना हुँदा घाईते भएका सबै कार्यकर्ताहरुको सिघ्र स्वाश्थ्य लाभको कामना गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सिले हस्ताक्षर गरेको उक्त प्रेस विज्ञप्तीमा महाकाली यातायात प्रालीको ७५५५ नम्बरको बस दुर्घटना हुदा ३ दर्जन यात्रुहरू घाइते भएकोमा सबैको सिघ्र स्वाश्थ्य लाभको कामना गरिएको छ ।
प्रेस विज्ञप्तीमा ३ जनाको सघन कक्षमा उपचार भैइरहेको जानकारी गराईएको छ भने ११ जना धनगढी र अत्तरियाका अस्पतालमा उपचाररत रहेको र बाकी सामान्य उपचार पश्चात घर फर्किएको उल्लेख गरिएको छ ।
यस दुःखद दुर्घटन ाप्रती हामी दुख्ख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौ र उद्धारमा खटिने पार्टी पंक्ति, जनप्रतिनिधि, सुरक्षा निकाय र उपचारमा संलग्न स्वास्थ्य कर्मी लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै प्रेस विज्ञप्तीमा घाइतेहरुको उपचारमा महाकाली बस समितिले देखाएको तात्पर्यताको उच्च सम्मान समेत गरिएको छ । दुर्घटनामा गरिब किसान सुकुम्बासीहरु घाईते भएकाले दुखद घडीमा जिल्ला पार्टीलाइ राहात तथा उद्दारमा जुट्न र सुभचिन्तक तथा आम जनसमुदायलाई सहयोगका लागि प्रेस विज्ञप्ती मार्फत अनुरोध समेत गरिएको छ ।


