मंसिर १० धनगढी । कैलालीबाट ४ लाख मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ । कैलालीका बिभिन्न स्थान धनगढी उपमहानगरपालीका वडा नम्बर–१९ लल्लिपुर घाट, गोदावरी नगरपालीका वडा नम्बर–२ तेघरी पहाड रोड, भजनी नगरपालीका वडा नम्बर–५ कव्वाखेडा घाट र टीकापुर नगरपालीका वडा नम्बर–९ वालुवाटार सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ३४ हजार १ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।
उक्त मूल्य बराबरको चिनी, हरियो खुर्सानी, आलु, सुगुडा, खजुरा, बिडी, सुर्ती, सुटपिस, टोपि,लेडिज कुर्ता, हुट, मोजा, टोपि, धोती, ब्लाउज, ईलेक्ट्रिक आईरन, घडि, रेडियो, टेस्टर, पानी तान्ने मोटर, साइकलका सामान लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेबारिसे अवस्थामा उक्त मूल्य बराबरको सामान फेला पारी नियन्त्रणमा लिएको बताईएको छ ।


