"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

इन्जिनियरिङ छोडेर ब्लक उद्योगमा जम्दै नेता दम्पतीका छोरा

No data was found

Khabar Raftar

मंसिर ०४ धनगढी । नागरिक उन्मिुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रतनबहादुर थापा र सुदूरपश्चिम प्रदेशकी मन्त्री समेत भईसकेकी टिका थापा नेता दम्पतीका छोरा तेजबहादुर थापा ईन्जिनियरिङ छोडेर बलक उद्योगमा स्थापीत हुँदै गएका छन । १३ वर्षअघि इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका थापा टीकापुरमा व्यवसायीका रूपमा बलक उद्योगमा स्थापित हुँदै गएका हुन् ।

टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका थापाका बुवा रतन थापा एमालेको कैलाली जिल्ला अध्यक्ष हुँदै हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत भइसकेका छन । आमा टिका थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको उपप्रमुख हुँदै नागरिक उन्मुत्तिः पार्टीको तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री समेत भईसकेकी छिन ।

आफ्नै क्षमताले काम गर्न रुचाउने थापा कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित बन्न सफल भएका छन । उनले २०६८ साल देखि टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका छन् । अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने थापाले आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताए ।

विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी गर्न सकिने बताउदै उनले विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा खुसीलागेको बताए । जागिर खान समस्या नभएको बताउदै उनले लोकसेवा लडेर जागिर खान सकिने भए पनि ब्याबसाय गर्नुको मजा बेग्लै भएको बताए ।

राजनीतिक पहुँचकै भरमा भए पनि जागिर खान सक्ने उनको स्थिति रहेको छ । सानैदेखि केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको बताउदै उनले त्यसकारण बुबाआमासँग नजिक नभएको बताए । आमा मन्त्री बन्दा एक महिना पछि भेट्न गएको बताउदै थापाले सबैले आआफ्नो गरेर खाएको बताए । कसैले कसैप्रति निर्भर हुनु नपरेको बताउदै यही खुसीको कुरा भएको बताए ।

आफ्नो व्यवसायबाट आठ–दश जनाको परिवार पालिएको बताउदैै उनले त्यसमा आफूलाई गर्व लाग्ने गरेको बताए । राजनीतिक संस्कार गलत भएका कारण आफुले राजनीतिक क्षेत्रमा चासो नदिएको बताउदै उनले कुनै दलको सिद्धान्त भन्दा बाहिर रहेर निःस्वार्थ समाजसेवामा लाग्ने रहर भएको बताए । आफुबाट सिकेर धेरैले ब्लक उद्योग समेत सञ्चालन गरेको उनले बताए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न