असोज २० धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटीएको प्रहरी टोलीले १२ लाख ८ हजार १ सय ५० मूल्य बराबरको भन्सारी छलीको समान बरामद गरेको छ । कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट उक्त मूल्य बराबरको भन्सार छली गरी ल्याएको अबैध मालसामानहरु प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र सिह बोहराले उक्त मूल्य बरारको सामान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा पठाएको जानकारी गराए ।

टीकापुर नगरपालिका वडा नंम्बर ०८ श्रीलंका स्थित सडक खण्डबाट ५ लाख ४० हजार ४सय ४ रुपैया मूल्य बराबरको ४० थान लेडिज सुट पिस, अन्दाजी १० हजार मूल्य बराबरका ४ थान साईकल गरी ५ लाख ५० हजार चार सय मूल्य बराबरको सामान बरामद गरिएको जानकारी गराए । त्यसैगरी धनगढी उप–महानगरपालिका वडा नम्बर१८ तुलसिबारीबाट पहरी निरिक्षकको कमाण्डमा खटिगएको प्रहरी टोलीले सु. प. प्र. ०१–००९ प. ९५९४ नम्बरको अन्दाजी तिन लाख छहतर हजार पाँच सय मूल्य बराबरको मोटरसाईकल मरामद गरिएको उनले जानकारी गराए ।

त्यसैगरी लेडिज तथा जेन्स सुट १ सय ७३ थान र १ वटा मोरसाईकल बरामद गरेको उनले जानकारी गराए । त्यसैगरी धनगढी उप–महानगरपालिका वडा नम्बर ३ ट्राफिक चौराहाबाट सताईस हजार छ सय पचास रुर्पया मूल्य बराबरको बिभिन्न कस्मेटिक सामानहरु, धनगढी उप–महानगरपालिका वडा नम्बर १० घुयाँघाटबाट छतिस हजार बराबरका ३ वटा बोका बेवारिसे अवस्थामा फेला पारी बरामद गरी अश्थायी प्रहरी पोष्ट जुगेडामा ल्याई राखिएको उनले जानकारी गराए ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरबाट सत्ताईस हजार छ सय मूल्य बराबरको सुट तथा मोजा, धनगढी उप–महानगरपालिका वडा नम्बर १९ पच्चिस घरबाट भारतको लखिमपुर निनासन बस्ने बर्ष २५ को ईरफान खानले चलाएको UP31E9273 नम्बरको अन्दाजी एक लाख नब्बे हजार मूल्य बराबरको मोटर साईकल र ७१ थान ट्याक्टरको ब्यरिङ फेला पारी सामान सहित उनलाई पक्राउ गरिएको उनले जानकारी गराए ।



