भदौ ३१ धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले ४ लाख २३ हजार४ सय ७० रुपैया मूल्य बराबरको अबैध भन्सारी छलीका समान बरामद गरेको छ ।
जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी ४ लाख २३ हजार४ सय ७० रुपैया मूल्य बराबरको अबैध मालसामानहरु फेला पारी प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलाली पठाएको जानकारी गराईएको छ ।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ०२, १३ र १९ बाट अन्दाजी ३ लाख ८६ हजार ५ सय ५० रुपैया बराबरको बिभिन्न कम्पनीका मोबाईलहरुका पार्टपुर्जाहरु, सुर्तिजन्य पदार्थ र बोईलर कुखुरा प्रहरीले बरामद गरेको हो ।
कैलारी गाउँपालिका वडा नम्बर ०३ हनुमान मन्दिरबाट अन्दाजी १२ हजार ९ सय २० रुपैया बराबरको आन्टी, पापड र गोदावरी नगरपालिका वडा नम्बर ०३ चौकीडाँडाबाट अन्दाजी २४ हजार मूल्य बराबरको मिठाई बरामद गरिएको जिल्ला प्र्हरी कार्यालय कैलालीले जानकारी गराएको हो ।
Post Views: 34