"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामुदायीक वनकी अध्यक्षले एकलौटी गरेपछि ११ जनाले सामुहिक राजीनामा दिए

No data was found

Khabar Raftar

भदौ २६ धनगढी । कैलालीको गोदावरी नगरपालिकामा रहेको एउटा सामुदायिक वनकी अध्यक्षले एकलौटी निर्णय गर्न थाले पछि ११ जना पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन् । गोदावरी नगरपालिका वडा नम्बर–४ मा रहेको श्री बासकोटा सामुदायिक वन उभोक्ता समुहकी अध्यक्षले आफुअनुकुल निर्णय गर्न थालेपछि ११ जना पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका हुन् ।

अध्यक्ष कृष्णादेवी जोशीले आफुअनुकुल निर्णय गर्न थालेपछि उपाध्यक्ष सहित कार्यसमितिका सबै सदस्यले पदबाट राजीनामा दिएका हुन । अध्यक्षले मनोमानी रुपमा काठ कटानी देखि ढूवानीसम्म मनोमानी गरेको उनीहरुले आरोप लगाएका छन । अध्यक्ष जोशीले आफ्नै छोरा शिवराज जोशीलाई काठ कटानीको ठेक्का समेत दिएको उनीहरुले बताएका छन । अध्यक्ष जोशीले स्वीकार समेत गरेकी छन् ।

त्यसैगरी वन क्षेत्रबाट निर्णयविपरीत गिट्टी उठाउने, एक अर्काबिच विवाद सिर्जना गराउने लगायतका कारण सामुहिक रुपमा राजीनामा दिएको सचिव टेकबहादुर खड्काले बताए । अध्यक्ष जोशीले गरेका आफु अनुकुलका निर्णयका विषयमा सव–डिभिजन वन कार्यालय अत्तरियालाई लिखित रुपमा निवेदन समेत दिइसकेको उनले बताए । अध्यक्ष जोशीले भने आफुले कुनै पनि निर्णय एकलौटी रुपमा नगरेको दाबी गरेकी छन् ।

अध्यक्ष जोशीका अनुसार नियम संगत तरिकाबाटै साल, सिसम र खैर गरेर २१ वटा रुखको कटानी गरिएको बताईन । रुख कटानीको जिम्मा आफ्नो छोराले पाएको र प्रतिक्युफिट ६४ रुपैयाँ कायम गरिएको उनले बताईन । यस विषयमा सव–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कँडेलले सुरुमा अध्यक्षप्रति असन्तुष्ट जनाउँदै ११ जनाले साहुहिक रुपमा राजीनामा दिएको र पछि अध्यक्षले पनि राजीनामा दिए पछि साधारण सभा गरिएको उनले बताए ।

११ जना पदाधिकारीले अध्यक्षले उपभोक्ता समितिको निर्णय विपरीत काम गर्ने गरेको तथा एकलौटी रुपमा चल्ने गरेको लगायत आरोप लगाएर सामुहिक रुपमा राजीनामा दिएको खुल्न आएको सव–डिभिजन वन कार्यालय अत्तरियाले जनाएको   छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न