"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

परापूर्ब काल देखि चल्दै आएको आरन पेशा लोप हुँदै

No data was found

Khabar Raftar

भदौ २२ धनगढी । बनीबनाउ आधुनिक उपकरण बजारमा आउन थाले पछि परापूर्ब काल देखि चल्दै आएको आरन पेशा लोप हुदै गएको छ । कृषीजन्य सामाग्रीहरु बजारमा बनी बनाउ आउन थाले पछि परापूर्ब काल देखि चल्दै आएको आरन पेशा लोप हुदै गएको हो ।

आरन लोप हुन थाले पछि आरन चलाएर गुजारा चलाउनेहरुका लागी समस्या भएको छ । हँसिया, कुटो, कोदालो, बञ्चरो लगायत घरेलु तथा कृषी औजार निर्माण गर्ने आरनलाई समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा लोप हुन थाले पछि ब्याबसायी समस्यामा परेका हुन ।

बैतडीको शैल्यशिखर नगरपालिका वडा नम्बर–६ का पदमे लुहारले आरन चलाएर जीविकोपार्जन गर्न मुश्किल भएको बताए । यसबाट आय आर्जन खासै नभएको बताउदै उनले आरन पेशाले परिवार पाल्न समस्या भए पछि यसप्रति युवा पुस्ताको आकर्षण नभएको बताए । दिनरात काम गरे पनि आरन पेशा गर्नेले उचित पारिश्रमिक नपाउने बताउदै उनले स्थानीय सरकारले पनि कुनै सहयोग नगरेको बताए । सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने बताउदै उनले आरन पेशाप्रति आकर्षण बढ्न सक्ने बताए ।

त्यसैगरी स्थनीय तेजुवा लुहारले विभिन्न समस्याले गर्दा नयाँ पुस्ताले चासो नदिँदा आरन पेसा हराउँदै गएको बताए । राज्यले अन्य पेसा व्यवसायलाई जस्तै आरन पेशा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए पेशामा टिकीरहन सहयोग पुग्ने उनले बताए । पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हुँदा युवाले आरन पेसा छाड्दै गएको मालिकार्जुन गाउँपालिका वडा नम्बर–३ का फगिर टमटाले बताए । पछिल्लो समय युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेको उनले बताए ।

दिनभर फलाम पिटेर सामग्री निर्माण गरे अनुसारको ज्याला नपाउने हुँदा आरन पेशा लोप हुन थालेको टमटाले बताए । औजार बनाए बाफत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनले बताए । आरन पेशा व्यावसायिक बन्न नसक्नु, पेशालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले आरन पेशा ओझेलमा परेको उनले बताए ।

स्थानीय गोकर्ण लोहारले विभिन्न किसिमका औजार उत्पादन गरे पनि बजारको समस्या भएकोे बताए । गाउँगाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उनले बताए । सोह्र वर्षको उमेरदेखि आरन पेशा सम्हाल्दै आएका उनले ७५ वषको पुग्दासम्म अझै सक्रिय भएको बताए । परम्परागत रुपमा गर्दै आएको आरन पेशाबाट परिवारको खर्च धान्न समस्या भएको उनले बताए ।

आरन पेशामा आफ्नो भविष्य खोजी रहेका युवाहरुका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनु पर्ने लोहारले माग गरे । समाजले हेर्ने दृष्टिकोण र पेशाको सम्मान नहुँदा युवामा परम्परागत पेशाप्रति आकर्षण घट्न थालेको उनले बताए । युवाहरुले पुरानो पेशाभन्दा अरू व्यवसाय गर्न र विदेश जान मन पराउन थाले पछि परम्परागत आरन पेशा लोप हुने अवस्थामा पुगेको उनले बताए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न