"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश्मा आर्थिक अनियमीत्ता बढ्दै

No data was found

Khabar Raftar

भदौ ११ धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक अनियमीत्ताका घटना बढ्न थालेका छन । चालु आर्थिक वर्ष सुरु भएको २ महिना पुरा नहुँदै सुदूरपश्चिम प्रदेशमा आर्थिक अनियमितता विरुद्धका उजूरीको संख्या एक पछि अर्को बढ्न थालेका हुन । विशेष गरी स्थानीय तहहरूमा आर्थिक अनियमीत्ताका घटना बढ्न थालेका हुन ।

अख्तियारका अनुसार, विगतमा यातायात व्यवस्था कार्यालय, शिक्षा कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयसँग सम्बन्धित उजुरीको संख्या उल्लेख्य रुपमा बढ्न थालेका हुन । संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा हुने गरेका आर्थिक अनियमीत्ताका उजुरीको संख्या बढ्ने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्ष सुरु भएको २ महिना नपुग्दै १ सय ४५ वटा अनियमिताका उजुरी दर्ता भएका छन् ।

संघ, प्रदेश र स्थानीय तहसँग सम्वन्धित अनियमितताका उजुरी दैनिक रुपमा बढ्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं शाखा अधिकृत चेतराज भट्टले जानकारी गराए । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र एक सय १४ वटा उजुरी दर्ता भएको उनले बताए ।

त्यस्तै भदौ १० गतेसम्म थप ३१ वटा उजुरी दर्ता भएको उनले जानकारी गराए । घुस लेनदेनमा र अन्य आर्थिक अपचनलमा स्थानीय तह सम्बन्धीत मुद्धाहरु आउन थालेको उनले बताए । गैरकानुनी लाभ लिएर सरकारलाई नोक्सानी पु¥याउने, सार्वजनिक सम्पत्तिको हानि पु¥याएरभ्रष्टाचार गर्ने, राजस्व छली गर्ने जस्ता जटिल किसिमका आर्थिक अपराधका मामिला स्थानीय तहमा फस्टाउने गरेका छन । अख्तियारमा परेका धेरैजसो उजुरी स्थानीय तहसँग सम्वन्धित भएको उनले बताए ।

स्थानीय तहमा मापदण्ड विपरीत कर्मचारी भर्ना, सार्वजनिक सम्पत्तिको दुरुपयोग, राजस्व चुहावट, कार्यविधि र मापदण्ड विपरीत काम, पदाधिकारीको सेवा–सुविधामा जथाभावी जस्ता उजुरी अख्तियारमा पर्ने गरेको उनले जानकारी गराए । विना डीपीआर ठेक्का लगाएको, नाममात्रको अनुगमन प्रतिवेदन बनाएको, कागजी विवरण बनाएर अनुदान बाँडेको, औषधि लगायत स्वास्थ्य सामग्री खरिद र निर्माण सम्बन्धी काममा अनियमितता तथा राजस्व चुहावट गरेको जस्ता मुद्दाको चाप बढी रहेको उनले बताए ।

पालिकाका जनप्रतिनिधि तथा कर्मचारी सामेल भएका भ्रष्टाचारका मुद्दाको संख्या पनि वर्षेनि बढ्दो अबश्थामा रहेको उनले बताए । यसका साथै विद्यालय, स्वास्थ्य चौकी र उपभोक्ता समूहका नाममा हुने भ्रष्टाचारका मुद्दाको संख्या पनि थप हुँदै गएको उनले बताए ।

विकास निर्माणका काममा उपभोक्ता समूह मार्फत योजना कार्यान्वयन गरिने हुँदा यसमा अवैध कारोबार हुने गरेको छ । घुसपछि उपभोक्ता समूहका नाममा बढी भ्रष्टाचार हुने गरेको समेत पाइएको भए पनि अख्तियारले स्थानीय तहमा भएका अनियमितताको छुट्टै तथ्यांक निकालेर अध्ययन गर्न सकेको छैन् ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न