"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मेला महोत्सवमा स्थानीय उत्पादनले बजार पाउदै

No data was found

Khabar Raftar

फागुन २८ धनगढी । मेला महोत्सवमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ । विभिन्न स्थानमा आयोजना गरिने मेला तथा महोत्सवमा स्थानीय उत्पादनले बजार पाउन थालेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–९ रामघाटकी सुशीला चौधरीले मेला महोत्सवमा स्थानीय उत्पादनले बजार पाउन थालेको बताईन ।

कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको मेलामा आफुले उत्पादन गरेका दुनाटपरीको विक्री बढेको उनले बताईन । गाउँकै नौ जना महिलालाई जुटाएर दुनाटपरी बनाउने उद्योग सञ्चालन गरेको बताउदै उनले गत मङ्सिरदेखि दुनाटपरी बनाउन थालेको बताउदै मेलामा दुनाटपरी बेच्न भ्याइ नभ्याइ भएको बताईन ।

मेलामा प्रदर्शनी कक्ष थापेको बताउदै उनले गाउँमै उत्पादित दुनाटपरी बेच्दै आएको बताईन । दुनाटपरी निकै रुचाइएको बताउदै उनले मेलाले गर्दा बजारीकरणमा सहज भएको बताईन । विभिन्न आकारका दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको बताउदै उनले गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात सङ्कलन गरेर दुनाटपरी तयार गर्ने गरेको बताईन । दुनाटपरी बनाउन दश जना महिलाहरु संलग्न रहेको उनले जानकारी गराईन । बिहानै जङ्गल गएर सालको पात टिप्ने गरेको बताउदै उनले पात सुकाए पछि सिन्काले जोडिने बताईन । त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिने गरेको उनले बताईन ।

त्यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ का टेकबहादुर कार्कीले पनि महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, मह लगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन् । उनले बैतडीमा निगालोबाट बनाएका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्याएको बताए । उनले कैलाली कञ्चनपुरका मेला महोत्सवमा स्थानीय उत्पादनको बिक्री हुने गरेको बताए । बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गर्ने गरेको उनले बताए । कतिपय वस्तु स्थानीयबाट सङ्कलन गरेर ल्याउँने गरेको बताउदै उनले प्रचार प्रसार राम्रो भएको बताए । बिक्री पनि राम्रै हुने गरेको उनले बताए ।

यही फागुन २१ गते देखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ सञ्चालन भई रहेको छ । मेलाले स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका वस्तु तथा सेवाको प्रचार प्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पु¥याएको संघका अध्यक्ष पिताम्बर जोशीले बताए । स्थानीय स्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएकोे उनले   बताए । दिनहुँ सयौँले अवलोकन गरिरहेको बताउदै उनले उत्पादनको प्रचार प्रसार भइरहेको बताए ।

पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकार सहितको थारु गाउँ पनि राखिएको उनले बताए । थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासु लगायत रहेको उनले बताए । त्यसैगरी कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर–६ सिमरीका अञ्जुराज डगौँराले “मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भएको बताउदै सिजनमा तीन÷चार लाख आम्दानी हुने गरेको बताईन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत