"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालीका ११ मा स्यानिटरी प्याड बनाउने मेसिन थन्कियो

No data was found

Khabar Raftar

फागुन ०४ धनगढी । कैलालीको गोदावरी नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको स्यानिटरी प्याड बनाउने मेसिन थन्किएको छ । व्यापार तथा विकास प्रवर्द्धन केन्द्रले ३ वर्ष अघि स्थानीय सरकारलाई निःशुल्क उपलब्ध गराएको स्यानिटरी प्याड बनाउने मेसिन थन्किएको हो । स्थानीय सरकारले ध्यान नदिदा गोदावरी नगरपालीका वडा नम्बर– ११ मा राखिएको स्यानिटरी प्याड बनाउने मेसिन थन्किएको हो । स्थानीय सरकारले विद्यालयहरूलाई वार्षिक लाखौं रकम खर्चेर स्यानिटरी प्याड वितरण गर्दै आएको भए पनि गोदावरी नगरपालीका वडा नम्बर ११ आफैले उत्पादन गर्ने स्यानिटरी प्याड बनाउने मेशिन सञ्चालन गर्न नसक्दा थन्किएको हो ।

स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा स्थानीय तहहरूले एक आपसमा समन्वय गरी स्थानीय श्रोत, ज्ञान, सीप र उद्यमशीलता प्रवर्द्धन हुने गरी स्थानीय स्तरमा स्यानिटरी प्याडको उत्पादन, उपभोग र वितरण गर्न सक्ने उल्लेख गरिएको छ । कार्यविधि अनुसार स्थानीय तहमा उप– प्रमुखको संयोजकत्वमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहने उल्लेख गरिएको छ । उक्त कार्यविधिमा उक्त समितिको काम, कर्तव्य स्थानीय स्तरमा स्यानिटरी प्याड उत्पादन गर्ने उद्यमीहरूसँग समन्वय र सहकार्य गर्ने उल्लेख गरिएको छ । कानूनी प्रावधान र स्थानीय उत्पादनलाई प्राथमिकता दिने आफ्नै घोषणाको खिल्ली उडाउँदै गोदावरी नगर पालिकाले निशुल्क पाएको मेसिन थन्क्याएको हो ।

वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडैलाले उत्पादित स्यानिटरी प्याडको बजार सुनिश्चितता नहुँदा थन्क्याउनु परेको बताए । उनले आफु आउनु अगाडि नै मेसिन थन्किएको बताउदै दातासँग अन्य ठाउँमा लग्ने कुरा गरेपछि सुनवाई नभएको बताए । उनले मेसिन सञ्चालन भए एक जनाले रोजगारी पाउने भए पनि बजार सुनिश्चितता नहुँदा सञ्चालनमा आउन नसकेको बताए । उनले सहकारीलाई दिएर चलाउन मिल्ने भए आफूले सो प्रक्रिया अगाडि बढाउने बताए । उनले बजारको सुनिश्चितता नभएको बताए पनि उनी वडामा आए पछि मेसिन सञ्चालनमा भने आएको छैन ।

स्थानीय कर्ण बहादुर साउदले मेसिन सञ्चालन गरे बजारको समस्या नहुने बताउदै वडा कार्यालयले मेसिन सञ्चालन गर्नको लागि चासो नदेखाएको बताए । कच्चा पदार्थ नपाउँदा मेसिन सञ्चालन नभएको सुनेको बताउदै उनले मेसिन सञ्चालनमा ल्याए बजारको समस्या नहुने बताए । उनले ओलानी क्षेत्रमै स्यानिटरी प्याडको पर्याप्त माग सृजना गर्न सकिने बताउदै मेसिन सञ्चालनमा आए केही स्थानीयले रोजगारी पाउने बताए । गोदावरी स्वास्थ्य चौकीको भवनमा राखिएको उक्त मेसिन व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ८ लाख ४० हजारमा खरिद गरेर २०७७ माघ १६ गते वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन वडाध्यक्ष शिव विकले सुरुमा डेढ महिना सञ्चालन गरेको मेसिन कोरोना महामारीका कारण बन्द भएको थियो । उनले कोरोना महामारी पछि थन्किएको मेसिन पुनः सञ्चालन हुन नसकेको बताए । त्यतिबेला भारतबाट आएका मानिसले मेसिन सञ्चालन गर्न सिकाएको र त्यतीखेर पदम गिरीलाई त्यसको प्रमुख बनाएर काम गरेको बताईएको छ ।

गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भने पनि विद्यालयमा प्रतिस्र्पधाका आधारमा सेनेटेरी प्याड खरिद गरिने बताउदै सेनेटेरी प्याड खरिदमा नगरको कुनै भूमिका नहुने बताए । उनले विद्यार्थी संख्याका आधारमा विद्यालयलाई रकम हस्तान्तरण गर्ने गरेको बताउदै विद्यालयले प्रतिस्पर्धाका आधारमा स्यानिटरी प्याड खरिद गर्ने गरेको बताए । स्थानीय स्तरमै रोजगारी सृजना गर्न सहयोग पुग्ने भए पनि मेसिन प्रयोग विहीन बने पछि स्थानीयले विरोध जनाएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत