माघ २५ धनगढी । कैलालीबाट मोटरसाइक सहित डेढ लाख बढीको अवैध सामान बरामद गरिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर– १७ पथरीबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख ५३ हजार मुल्य बराबरको चिनी, गुट्खा, मसला, कोक, एक थान मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।
सामान र मोटरसाईकल कारबाहीको लागि भन्सार कार्यालय त्रिनगरमा बुझाएको कैलाली प्रहरीले जनाएको छ । त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–८ कलकत्ताबाट पनि भन्सार छलिको समान बरामद गरिएको छ ।
अन्दाजी १५ हजार २ सय ४० मूल्य बराबरको स्टिलका थाली, कचौरा, बाटा लगायतका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बतईएको छ ।
Post Views: 143


