"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका तिन ओटा पालीकाको केन्द्र अझै सडक सञ्जालको पहुँच भन्दा बाहीर

No data was found

Khabar Raftar

मनीका प्रपाला,असोज १० धनगढी । सुदूरपश्चिम प्रदेशका तिन ओटा पालीकाको केन्द्र अझै सडक सञ्जालको पहुँच भन्दा बाहीर रहेका छन । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये ३ वटा पालीका अझै सडक सञ्जालको पहुँच भन्दा बाहीर रहेका हुन । बझाँङगको साईपाल गाउँपालीका,बैतडीको सिगास गाउँपालीका र दार्चुलाको अपीहिमाल गाउँपालीकाको केन्द्र सडक सञ्जालको पहुँच भन्दा बाहीर रहेका हुन । त्यसैगरी सुदूरपश्मि प्रदेशका दुई वटा पालीकाको केन्द्र सम्म सडक कालोपत्रे हुन सकेको छैन । कञ्चनपुरको लालझाडी गाउँपालीका र कैलालीको चुरे गाउँपालीकाको केन्द्र सम्म कालोपत्रे हुन सकेको छैन । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्र्तगत यस बर्ष कञ्चनपुरको लालझाडी गाउँपालीका र कैलालीको चुरे गाउँपालीकाको केन्द्र सम्म कालोपत्रे गरिने भएको छ ।

त्यसैगरी बझाँङगको साईपाल गाउँपालीका र बैतडीको सिगास गाउँपालीकाको केन्द्र सम्म सडकको ट्याक खोल्ने काम गरिने भएको छ । यातायात पूर्बाधार निर्देशनालय दिपायलका निर्देशक जगत प्रसाद जोशीले कञ्चनपुरको लालझाडी गाउँपालीका र कैलालीको चुरे गाउँपालीकाको केन्द्र सम्म कालोपत्रे गरिने जानकारी गराए । त्यसैगरी उनले बझाँङगको साईपाल गाउँपालीका र बैतडीको सिगास गाउँपालीकाको केन्द्र सम्म सडकको ट्याक खोल्ने काम गरिने पनि जानकारी गराए । त्यसैगरी दार्चुलाको अपीहिमाल गाउँपालीकाको ट्याक खोल्ने काम आउदो आर्थिक बर्षमा गरिने जानकारी गराए । उनले सडक विस्तारका लागी संघिय सरकारको ७० करोड र सुदूरपश्चिम सरकारको २० करोड गरी ९० करोड रुपैया सडक विस्ताकालागी छुट्याईएको जानकारी गराए ।

उनले उक्त रकमले बोनीया जोशीपुर भजनी सडक मर्मत गरिने जानकारी समेत गराए । त्यसैगरी उनले सुदूरपश्चिमका ३२ वटा कच्चि सडकको स्तरउन्नती गरिने समेत जानकारी गराए । सडक निर्माण गर्दा कम क्षेतीमा काम सम्पन्न गर्ने उदेश्यकासाथ सर्बे गरेर कम गरिने उदेश्य रहेको बताउदै उनले पहाडमा सडककै कारण बस्ति जोखिममा पर्ने गरेको बताए । उनले बस्ति जोखिम्मा पारेर गरिने विकासको कुनै अर्थ नहुने बताउदै विश्थापीत गराउने विकास कसैलाई नचाहिएको बताए । कतीपय योजनाहरु ठकेदारका कारण ढिलासुस्ती र कमसल सामाग्री प्रयोग गरेर निर्माण हुने भ पछि ५ बर्ष सम्म त्यह िठेकेदारले मर्मत गर्ने गरी ठेका दिने पनि जोशीले जाकारी गराए । दलित गैर सरकारी संस्थाका प्रतिनिधि देवि विश्वकर्मले योजना हाल्दा स्थानीयसंग छलफल गरेर हाल्दा उत्तम हुने बताउदै स्थानीयलाई जानकारी नभई हालीने योजना निर्माणमा समस्या हुने गरेको बताईन ।

त्यसैगरी दलित अगुवा धनगढी वडा नम्बर ३ का प्रम विकले विकासमा पनि विभेद हुने गरेको बताउदै विकास समान रुपमा गरिनु पर्ने बताए । उनले धनगढीको मुख्य सडकको उदाहरण दिदै चौराह देखि केलाली पुल सम्म २४ मीटर र कैलाली पुल देखि क्याम्पस रोड सम्म ३० मीटर बनाईनुले विकासमा विभेद भएको पुष्टि गरेको बताए । त्यसैगरी मुक्त हलिया कैलालीका अध्यक्ष भोज सार्किले स्गाउले दिपायल फाष्ट ट्याकले डोटीको जोरायल गाउँपालीका वडा नम्बर ३ को दलित बस्तै पुरै विश्थापीत भएको बताए । उनले र्जगल छोडर दलित बस्तिको तलतीरबाट सडक खन्दा दलित बस्ति विश्थापीत भएको जानकारी गराए ।

त्यसैगरी दलित गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशकी कोषाध्यक्ष दुर्गा नेपालीले सडक निर्माण गर्दा कतीपय कीपयको उठीबास भएको बताउदै ऐलानी प्रति जमीनमा बसोबास गर्दै आएका कतीपय गरीव विपन्न परिवारहरुको उठीबास हुने गरेको बताईन । उनले ५ धुर १० धुरमा घर बनायर बसोबास गर्दै आएका उनिहरुलाई सडक निर्माण गर्दा क्षेतपूर्ती दिने ब्याबश्था नभएकाले समस्या भएको उनले बताईन । सरकारले पूर्जा भएका जमीनको मात्र क्षेती पूर्ती दिने भएकाले ऐलानीमा बस्दै आएका विपन्न परिवारको उठीबास हुने गरेको बताए । उनले गरिव तथा विपन्न परीवारको ऐलानीमा बसोबास भए क्षतीपूर्तीको ब्याबश्था गर्न माग गरीन । त्यसैगरी कञ्चनपुरको लालझाडी गाउँपालीकाकी गोमती रानाले सडक स्तरउन्नतीले कसैलाई विश्थापीत नगरोस भन्ने स्थानीयको चाहाना भएको बताईन ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण