असार १७ धनगढी । अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेतृत्वको लागि यहि असार २३ गते हुने नयाँ नेतृत्वको निर्बाचनका लागी मीना देउबाको प्यानल प्रचारमा जुटेको छ । केही दिन अघि अध्यक्षमा उम्मेदारी घोषणा गरेको देउबा प्यानल प्रचार प्रसारमा जुटेको हो । देउबाको प्यानलमा बरिस्ठ उपाध्यक्षमा दलबहादुर खड्का, उपाध्यक्षमा फागुराम चौधरी र लक्ष्मण धामी, महासचिवमा अर्जुन खडका, कोषाध्यक्षमा दिपकराज भट्ट र सचिबमा हर्क बिक रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा दिलबहादुर शाहु,बालकृष्ण ओझा,भरत बहादुर कोली र नवीन साउँद रहेका छन् । उम्मेदवारहरुले प्रारम्भिक चरणमा मतदाताको पहिचान गर्ने र सम्पर्क बढाउन शुरु गरेका छन् । बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार दलबहादुर खड्काले आफुहरुको उम्मेदवारीले ब्यबसायीहरुमा उत्साह थपिएको बताएका छन ।
उनले प्रचार प्रसार शुरु गरिसकेको बताउँदै प्रारम्भिक चरणमा आफुहरुको उम्मेदवारीको बारेमा मतदाता व्यावसायिहरुलाई बुझाउन थालिएको जानकारी गराए । देउबा प्यानलमा अध्यक्षका उम्मेदवार बाहेक सबै नंयाँ अनुहार रहेका छन् । देउबाले भने संघमा एक कार्यकाल बसी सकेकी छिन् ।
अधिबेशन अन्तर्गत आईतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने , भोदली १८ गते उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्बाचन समितिले जनाएको छ । संघका झन्डै १५ सय बढी मतदाता रहेको बताइएको छ ।


