पौष १८ धनगढी । गोदावरी नगरपालिकाको मुल गेटमा एमालेले प्रदर्शन गरेको छ । नाराबाजी गर्दै बिरोध एमालेले पदर्शन गरेको हो । खुटिया खोलाबाट नदी जन्य पदार्थ नगरपालिकाले मनपरी उठाउन थालिएको बिरोधमा प्रदर्शन एमाले कार्यकर्ताहरुले पदर्शन गरेका हुन ।
नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टको नेतृत्वमा नगरपालिका पुगेका कार्यकर्ताहरुले खुटिया काण्ड बन्द गर भ्राष्टाचार छानबिन गर, अनियमितता बन्द गर, राजस्व चुहावट गर्न पाइदैन लगाएतका नारा लगाउदै प्रदर्शन गरेका हुन । नगरपालिकाको उक्त कदम बिरुद्द चरणबद्द आन्दोलन गर्ने समेत एमालेले जनाएको छ ।
Post Views: 1,129


