"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम्मा सरकार गठनका लागी नागरिक उन्मिुक्ती पार्टी निर्णायक

No data was found

Khabar Raftar

पौष १६ धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागी नागरिक उन्मिुक्ती पार्टी निर्णायक भएको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई बाहिर राखेर बनेको नयाँ गठबन्धनको सरकार होस या काँग्रेस र समाजबादीले बनाउने सरकार होस नागरिक उन्मिुक्ती पार्टी निर्णायक पार्टी भएको हो ।
गठबन्धन भित्रको मुख्य घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा आ–आफ्नै दाबी गरिरहेको अबश्थामा चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्वमा दाबी गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको अंकगणित नागरिक उन्मुक्ति अनुकुल भएपछि उक्त दलले नेतृत्वमा दाबी गर्नु स्वभाविक पनि हो । मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा टीकापुर राजबन्दी रिहाइ र सुदूरपश्चिममा ढकिया सरकारको चुनावी नारा दिइ चुनाव लडेको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गरे पछि सरकार निर्माणको विषय रोचक बन्न थालेको छ । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले राजबन्दी रिहाइ आफूहरुको बटम लाइन भएको बताउँदै संघमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताए ।

उनले मुद्दा सम्बोधन नभए सम्म संघ सरकारमा नजाने बताउदै सुदूरपश्चिम प्रदेश सरकारमा उत्पीडित वर्गको उत्थानका लागि पनि नेतृत्व पाउनु पर्ने बताए । उनले प्रदेश सरकारको नेतृत्वबारे सुदूरपश्चिमका माओवादी र एमालेका शिर्ष नेताबीच भएको छलफलमा समेत नागरिक उन्मुक्ती पार्टीले नेतृत्वको दाबी गरेको प्रमुख सचेतक चौधरीले बताए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यको आवश्यकता पर्दछ । नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा हालको माओवादी केन्द्र र एमाले नेतृत्वको सत्ता साझेदार दलहरुले प्रदेश सरकार निर्माणमा आवश्यक बहुमत जुटाउन सक्ने देखिदैन । केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले र राप्रपाको सिट संख्या जोड्दा पनि २२ मात्रै पुग्छ । नागरिक उन्मुक्ति पार्टीका ७ सिट जोड्दा २९ पुग्छ र सहज रुपमा बहुमत जुट्छ । त्यसैगरी प्रदेशसभामा ठूलो दल रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा पनि प्रदेश सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्दैन । कांग्रेसका १९ र नेकपा समाजवादीका ४ जोड्दा जम्मा २३ पुग्छ ।

नागरिक उन्मुक्तिले समर्थन गरेको अवस्थामा मात्रै यो गठबन्धनमा सहज बहुमत पुग्ने देखिन्छ । एमाले, माओवादी नेतृत्वको सरकारले नागरिक उन्मुक्तिलाइ नेतृत्व नदिए कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको दिने सम्भावना देखिन्छ । कांग्रेस नागरिक उन्मुक्तीलाई नेतृत्व दिने विषयमा लचक देखिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका आकांक्षी रहेका प्रदेशसभा सदस्य कमल बहादुर शाहले सबैसँग छलफल अगाडि बढाएको र सबैबाटे सकारात्मक जवाफ पाएको बताउनु भएको    छ । उनले दलको सरकार बनाउने सहमति भए नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाइ पनि दिन सकिने बताए । त्यसैगरी स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा. तारा जोशीले हालसम्म कसैलाई समर्थन नगरेको बताएका छन् । सुदूरपश्चिम प्रदेशमा पुुस १५ गते प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाईएको छ । अब पुस १८ गते प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने भएका छन ।

प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरेसँगै प्रदेश सरकार निर्माणका लागि समय तोकिने छ । नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दललाई समर्थन नगरेको अवस्थामा बहुमतको सरकार बन्न नसक्ने भएको छ । प्रदेश प्रमुखले निर्धारण गरेको समयावधिमा कसैले पनि बहुमतको सरकार गठनको दाबी नगरेमा प्रदेश प्रमुखले दोस्रो पटक अल्पमतको सरकार निर्माणका लागि सूचना जारी गर्न सक्ने प्रावधान रहेको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित