पौष १२ धनगढी । सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित ६ जनाले स्थानीय भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । मंसिर १५ गते १ बजे हुन लागेको नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण स्थानीय भाषामा गर्न प्रदेश सभा सचिवालयमा निवेदन पेश गरिएको बताईएको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना सदस्य छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिकबाट निर्वाचित एक गरी ६ जनाले स्थानीय भाषामा पद तथा गोपनियताको सपथ लिने भन्दै निवेदन पेश गरेको सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
नागरिक उन्मुक्ति पनर्टीबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारूसँगै कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषाका लागि निवेदन दिएको उनले बताए ।


