"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भारतीय पक्षले बाटो बनाउदा विष्फोट गराएको ढुङगा लागेर मृत्यु भएका बालकका परिवारलाई १६ लाख क्षतिपूर्ति

Khabar Raftar

कार्तिक १३ दार्चुला । दार्चुलाको पारी पट्टी भारतले सडक निर्माणका क्रममा विष्फोट गराउदा उछिट्टीएको ढुङगा लागेर मृत्यु भएका बालकको परिवारलाई भारतीय पक्षले नेपाली १६ लाख क्षतिपूर्ति दिएको छ ।
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर–२ का १२ वर्षीय पवन महराको परिवारलाई भारतीय पक्षले नेपाली १६ लाख क्षतिपूर्ति दिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन र दार्चुलाका जनप्रतिनिधि समेतको टोलिसंगको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको हो । पीडित पक्षसँग भएको सहमती अनुसार गर्ग एन्ड गर्ग कम्पनीले १० लाख भारु उपलब्ध गराएको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेले जानकारी गराउनु भयो । डीएसपी पाण्डेका अनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङगा लागेर बालकको मृत्यु भएको थियो ।

त्यसैगरी सोही घटनामा घाईते र्भएकी उनकी दिदी १४ वर्षीय सरिना महराको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ । अगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि गरिएको जानकारी गराईएको छ ।

भारतीय कम्पनीले क्षतिपूर्ति दिए पछि आईतबार परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको शव प्रक्रिया पूरा गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी राजेश शाहीले जानकारी गराउनु भयो ।

उनले आफन्तले ।बालकको शव बुझेर महाकाली घाटमा अन्त्यष्टि समेत गरी सकेको जानकारी गराउनु   भयो । उनले भारतिय पक्षबाट नेपाली १६ लाख क्षेतीपूर्ति दिएको जानकारी गराउदै नेपालको तर्फबाट पनि क्षतीपूर्तीका लागी प्रकृया अगाडी बढाईएको जानकारी गराउनु भयो ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png
Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ