असार०६ काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
पेट्रोल प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य आइतबार राति १२ बजे देखि लागु हुने निगमले जनाएको छ । निगमले अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको हो ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेको छ ।
Post Views: 270

