चैत्र ३० बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको हो ।
चालक छविसपाथिभेरा गाउँपालिकावडा नम्बर–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ ।
Post Views: 98