चैत्र २९ डोटी । सेती नदीमा डुबेर एक जना बृद्धको मृत्यु भएको छ । पूजामा गएका डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर– ६ भिताडीका ६० वर्षीय राम ताम्राकारको सेती नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी गराएको हो ।
No data was found
शिखर नगरपालिका वडा नम्बर–२ मुडेगाउँ स्थित कालागाडनजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएका बेला नदीमा नुहाईरहेको अवस्थामा डुबेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक रुप सिँह थापाले बताए ।
Post Views: 117
