चैत २५ धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट सुरु भएको छ ।पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले मार्ट आयोजना गरिएको हो । मार्टको आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरे ।
सुदूरपश्चिमको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाले पर्यटन विकास गर्न मार्गदर्शन प्राप्त भएको बताए ।नेपाल पर्यटन बोर्ड र धनगढी उप महानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिम धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गरेको हो । मार्टमा नेपाल–भारतका सरोकारवालाहरुको सहभागिता रहेको छ ।
Post Views: 128