"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जाजरकोटमा एमाले नेताले लालबहादुर नेपालीलाई कुटे

Khabar Raftar

चैत्र २१ काठमाडौ । नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीले जातिय आधारमा गालीगौलज गदै स्थानीय लालबहादुर नेपालीलाई निर्घात रुपमा कुटपिट गरेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

छेडागाड नगरपालिका वडा नम्बर ८ का स्थानीय गिरीले टोली गाउँका लालबहादुर नेपालीलाई आइतबार साझा ६ बजे जातिय आधारमा गालीगौलज गरी कुटपिट गरेका हुन् ।

गिरीको समूहबाट कुटिएका नेपालीको मुख,नाक,हातहरुमा चोट पुग्ने गरी कुटिएका छन् । गिरीले जातिय आधारमा कुटपिट गरी नेपालीका कपडा समेत खोलीदिएका थिए ।

गिरीले नेपालीलाई कुटपिट गर्न वडा अध्यक्ष लालबहादुर खत्रीका छोरा र भाइलाई समेत प्रयोग गरेको बताईएको छ । छेडागाड नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर खत्रीका अनुसर गिरीले आफ्ना माइलो छोरा महेन्द्र खत्री र भाई प्रकाश खत्रीलाई लगेर नेपालीलाई कुटपिट गरेको आफुले पछि मात्र थाह पाएको जानकारी गराए ।

‘म घरमा थिएन्, नेपालीमाथि निर्घात कुटपिट भएको पछि थहाँ पाए ,उनले भने,‘ यो राजनीतिक प्रतिशोधको घटना हो ,जातिय आधारमा पनि घटना भएको हुनसक्छ । वडाअध्यक्ष खत्रीका अनुसार नेपाली र कुटपिट गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालयले लगे पनि एक घण्टा पछि उनीहरुलाई प्रहरी कार्यालयबाट छाडिएको थियो ।

गाउँको घटना गाउँमै मिलापत्र हुने भन्दै उल्टो गिरीले प्रहरी कार्यालयबाट वडा अध्यक्ष लालबहादुर खत्रीलाई सम्पर्क गरी घटना मिलाउन दबाब दिएको आरोप लागेको छ । वडा अध्यक्ष खत्रीले पनि गाउँको घटना सहमतिमै मिलाउन सकिन्छ भनेर उनीहरुलाई छुटाएको बताईएको छ ।

नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीबाट कुटिएका लालबहादुर नेपाली नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।
जातिय आधारमा आफुँमाथि पटक पटक गाली र धम्की दिएको बताउँदै पीडित लालबहादुर नेपालीले आइतबार आफुलाई सुनियोजित ढंगबाट कुटपिट गरिएको बताए । ‘मलाई पहिला पनि दलितको छोरो भएर जागिर खाने भन्दै जातीय आधारमा गाली गरे, हिजो त मार्ने योजना सहित कुटपिट नै गरे उनले भने ।’

पीडित लालबहादुर नेपालीका अनुसार यो राजनीतिक प्रतिशोधको घटना नभएर जातिय आधारमा भएको घटना भएको बताए । घटना भए पछि ईलाका प्रहरी कार्यालयमा सबै जना गए पनि घटनालाई समान्य रुपमा लिएर उनीहरुलाई केही घण्टामै छाडिएको नेपालीले बताए । ‘मलाई निर्घात रुपमा कुटपिट गर्नेलाई जसरी पनि कारबाही हुनुपर्छ , कारबाही नभएर न्यायका लागि मुद्दा लड्छु उनले भने ।’

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ