काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर आज उत्तर प्रदेशको बनारस जाने भएका छन्।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन्। बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।
बनारस भ्रमण सकेर देउवा चार बजे नयाँदिल्ली पुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए।
Post Views: 70