"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सेन्चुरी कमर्सियल बैंक धनगढीको वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

तिलकराज ओझा , चैत्र १० धनगढी, सेन्चुरी कमर्सियल बैंक धनगढी शाखाद्घारा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

Build Your Future, Be Smart About Money भन्ने मुलनाराका साथ सेन्चुरी कमर्सियल बैंकद्वारा धनगढी उपमहानगरपालिका–१९ को फुलबारी धामी चोक स्थित सामुदायिक सभाहलमा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
सेन्चुरी कमर्सियल बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख बिशाल गुप्ताको सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
बैंकले ‘Global Money Week (GMW)-2022 मनाउँने क्रममा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी एक दिने जनचेतना मुलक कार्यक्रम सञ्चालनमा आएको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
Global Money Week (GMW) 2022 हरेक मुलुकका किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाईने एक साप्ताहिक अभियान रहेको उहाँको भनाई छ ।
कार्यक्रमले पैसा वा व्यक्तिगत आय आर्जनको पहिचान गर्नुका साथै पैसा वा आयआर्जनको उपयोगिता बढाउँने सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति सबैलाई बित्तिय जानकार गरी बित्तिय पहुँच अभिबृद्धि तथा बैंकिङ्घ क्षेत्र सबलिकरण गरी सर्बाङगिण बिकासमा योगदान पुर्याउँने रहेको बताईएको छ ।
यो सप्ताह Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष धेरै मुलुकमा मनाउँदै आइरहेको छ ।
किशोरकिशोरी तथा युवायुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु साथै सुरक्षित बैकिङ्घ कारोबार गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले समय–समयमा बित्तिय सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
हाल बैकले एक सय २९ शाखा, १० बिस्तारित काउन्टर, २६ शाखारहित बैंकिङ्घ र एक सय १३ ए.टि.एम. मार्फत बित्तिय सेवा दिदै आएको जनाईएको छ ।
कार्यक्रममा धनगढी शाखा प्रमुख नगेन्द्ररत्न कोइराला सहित बैंकका कर्मचारीका साथै स्थानीयहरुको उपस्थिती रहेका थियो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान