"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धर्म परिवर्तनको रोईलो किन ?

Khabar Raftar

भनिन्छ अहिंसा प्रमो धर्म , अर्थात कसैले कसैलाई नमार्नु नै धर्म हो, दुःख कष्ट नदिनु नै धर्म हो । यदि त्यसो हो भने धर्मको अर्थ नै बदल्नु पर्ने हो की भन्ने प्रश्न खडा हुन सक्छ । किनकी आज दैनिक हत्या, हिंसा, लुटपाट बढ्दै गएका छन् । सानो–सानो स्वार्थका कारण मान्छेले मान्छेलाई मार्ने जातिय, भेगिए र लैङ्गिक रुपले भेदभाव र विभेद गर्ने कार्य बढ्दो छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

साथै एक धर्मले अर्को धर्मको खेदो खन्य कार्य पनि बढी रहेको छ । हुन त कुनै धर्मले नराम्रो गर भन्दैन सबैलाई थाहा भएकै कुरा हो । धर्ममा आश्रीत ब्यक्तिहरुले गरेका गल्तीलाई धर्मसंग जोडेर तिकडम मचाउने संस्कार हावी भएको छ । अरुको शरीरको जुम्रो देख्ने र आफ्नो शरीरको भैसी नदेख्ने संस्कारको विकास भएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्रहो, सबैले आफूले चाहेको धर्म मान्न पाउने अधिकार पनि हो । तर यहा केही दिन देखि धर्मका नाममा अति देखिएको छ ।

कसैले जबर जस्ती धर्म परिवर्तन गराउन पनि सक्दैन । यदि कसैले गराउँछ भने त्यसका भागीदार दुबै हुनुपर्छ एउटा होइन । जबर जस्ती धर्म परिवर्तन गराउने कुरा कदापी सत्य हुन सक्दैन । किनकी विचार मन भित्र बाटै पलाउनु पर्छ, जबर जस्तीले नत धर्म परिवर्तन गराउन सकिन्छ ।

नत विचार उत्पादन गर्न नै । त्यसैले जबर जस्ती धर्म परिवर्तन गराएको कुरा उठाउनु अर्को धर्मको स्वार्थ हो । विचार मन नपरे पछि स्वभबतह मान्छेले धर्म परिवर्तन गर्छ नै । भारतका संविधानविद भारत रत्न डा. बाबा साहेब अम्बेडकरले पनि हिन्दु धर्म परित्याग गरेर वौद्घ धर्म अपनाएका थिए । एक मात्र हिन्दु राष्ट्रका नामले चिनिने नेपालमा अहिले बहु संख्यक धर्महरु मानिदै आएका छन् ।

ति सबैलाई जबरजस्ती धर्म परिवर्तन गएका हुन् भन्न सकिन्न । आज नेपालमा क्रिश्चियन धर्मालम्बीहरु आफ्नो धर्मको प्रचार गर्न उद्घत छन् उनीहरु एउटा विचारको विकास गर्न यति व्यस्त छन की खानासम्म विर्सी दिन्छन् । दुखिको साहारा भोकाको आहारा बन्दै गरीबीको निकास दिने कुरा गर्छन र सहजै मन जितेर आफ्नो धर्ममा प्रवेश गराउछन् । मनबुझायर गरेको काम कहिल्यै गलत हुन सक्दैन ।

नेपालमा गरीवीको संख्या धेरै छ अझै विहान वेलुका हातमुख जोर्न नपाउने परिवार पनि छन् । भोकालाई खाना दियो भने मन त जितिन्छ नै त्यसैले नेपालमा धर्म परिवर्तन बढ्दो छ । हिन्दु धर्मको विभेदकारी नितिले गर्दा नै आज हिन्दु धर्म छोडेर अन्य धर्म मान्नेहरुको संख्या बढ्दै गएको छ । धर्म परिवर्तन किन गर्दैछन भन्ने प्रश्नको अन्त्य गर्न हिन्दु धर्मले पनि एउटा मिसन बनाएर आफ्ना धर्मालम्वीहरुको अबस्था बुझ्नका साथै हिन्दु धर्ममाम गरिने विभेदको अन्त्य गरिनु जरुरी छ ।

विभेदहरुको भ्रष्टीकरण र बिभेदकारी नीतिको प्रष्टीकरण गर्न जरुरी छ । अन्यथा धर्म परिवर्तन बढ्दै जाने छ । जाने सबै हिन्दु धर्मवाट नै हुन ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ