"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दलित संघको अध्यक्षमा को – को आकांक्षी

Khabar Raftar

फागुन, २६ काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन ७ देखि ९ चैतमा बुटवलमा हुँदैछ । अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् । यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अध्यक्ष पदका लागि दुबै समूहमा ६ जना भन्दा बढी नेताले आकांक्षा राखेका छन् । सभापति देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्ऽ विक, रामकृष्ण लकान्द्री क्षत्र सिंह टेलर लगायतले अध्यक्षको आकांक्षा राखेका छन् । पूर्व सांसद समेत रहेका पासवान दलित संघको पूर्व उपाध्यक्ष हुन् । मधेसी मूलका पासवान नेता विमलेन्द्र निधि निकट भएका कारण गत मंसिरमा भएको १४औं महाधिवेशनमा देउवा पक्षको केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्न नसकेको उनीनिकट एक नेता बताउँछन् ।

अर्घाखाँचीका लोकेन्द्र विक पनि देउवा पक्षबाट अध्यक्षका आकांक्षी हुन् । उनी नेता मानबहादुर विश्वकर्मा निकट छन् । दलित संघका वर्तमान उपाध्यक्ष रामकृष्ण लकान्द्री अमेरिका बस्छन् । तेह्रथुमका लकान्द्री दलित संघको अध्यक्षमा उम्मेदवार बन्नकै लागि नेपाल आएका छन् । अध्यक्षको आकांक्षी टेलर संघका पूर्व उपाध्यक्ष हुन् । कैलालीका उनी दलित संघमा लामो राजनीति गर्ने तर पार्टीमा अवसर नपाएका व्यक्तिका रुपमा चिनिन्छन् ।

संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका तनहुँका डोबाटे गण्डकी प्रदेश सरकारका मन्त्री समेत हुन् । संस्थापन इतर समूहबाट अध्यक्षमा दावी गरेका महते दलित संघका पूर्व उपाध्यक्ष हुन् । रामेछापका उनले तत्कालीन जिल्ला विकास समितिमा उपेक्षित,उत्पीडित दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको जिम्मेवारी पाएका थिए।

संस्थापनइतरबाट अध्यक्षमा दाबी गर्नेमा काभ्रेका शिव सुनार कांग्रेसका महासमिति सदस्य हुन् । बाँकेका महाधिवेशन प्रतिनिधि कृष्ण विके रसाइली पनि संस्थापनइतरबाट अध्यक्षको दौडमा छन् ।

दलित संघको राजनीतिमा देउवा पक्षका नेता मीन विश्वकर्मा र कोइराला पक्षका नेता जीवन परियार हाबी हुन्छन् । आफ्नो पक्षका उम्मेदवार टुंगाउन आकांक्षीहरु सहित दुबै पक्षका नेताहरुको बैठक पटक पटक बसेपनि उम्मेदवारको टुंगो भने लागेको छैन ।
आसन्न महाधिवेशनमा आकांक्षीमा संस्थापनबाट शम्भु हजारा पासवान वा लकान्द्री मध्ये एक हुने सम्भावना रहेको नेताहरु बताउँछन् । संस्थापनइतरमा डोबाटे बलियो उम्मेदवार हुन् ।

२०७३ सालमा हुनुपर्ने संघको महाअधिवेशनको पटक पटक मिति सर्दै अहिलेसम्म हुन नसकेको हो ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने