"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित संघको अध्यक्षमा को – को आकांक्षी

No data was found

Khabar Raftar

फागुन, २६ काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन ७ देखि ९ चैतमा बुटवलमा हुँदैछ । अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् । यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

अध्यक्ष पदका लागि दुबै समूहमा ६ जना भन्दा बढी नेताले आकांक्षा राखेका छन् । सभापति देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्ऽ विक, रामकृष्ण लकान्द्री क्षत्र सिंह टेलर लगायतले अध्यक्षको आकांक्षा राखेका छन् । पूर्व सांसद समेत रहेका पासवान दलित संघको पूर्व उपाध्यक्ष हुन् । मधेसी मूलका पासवान नेता विमलेन्द्र निधि निकट भएका कारण गत मंसिरमा भएको १४औं महाधिवेशनमा देउवा पक्षको केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्न नसकेको उनीनिकट एक नेता बताउँछन् ।

अर्घाखाँचीका लोकेन्द्र विक पनि देउवा पक्षबाट अध्यक्षका आकांक्षी हुन् । उनी नेता मानबहादुर विश्वकर्मा निकट छन् । दलित संघका वर्तमान उपाध्यक्ष रामकृष्ण लकान्द्री अमेरिका बस्छन् । तेह्रथुमका लकान्द्री दलित संघको अध्यक्षमा उम्मेदवार बन्नकै लागि नेपाल आएका छन् । अध्यक्षको आकांक्षी टेलर संघका पूर्व उपाध्यक्ष हुन् । कैलालीका उनी दलित संघमा लामो राजनीति गर्ने तर पार्टीमा अवसर नपाएका व्यक्तिका रुपमा चिनिन्छन् ।

संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका तनहुँका डोबाटे गण्डकी प्रदेश सरकारका मन्त्री समेत हुन् । संस्थापन इतर समूहबाट अध्यक्षमा दावी गरेका महते दलित संघका पूर्व उपाध्यक्ष हुन् । रामेछापका उनले तत्कालीन जिल्ला विकास समितिमा उपेक्षित,उत्पीडित दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको जिम्मेवारी पाएका थिए।

संस्थापनइतरबाट अध्यक्षमा दाबी गर्नेमा काभ्रेका शिव सुनार कांग्रेसका महासमिति सदस्य हुन् । बाँकेका महाधिवेशन प्रतिनिधि कृष्ण विके रसाइली पनि संस्थापनइतरबाट अध्यक्षको दौडमा छन् ।

दलित संघको राजनीतिमा देउवा पक्षका नेता मीन विश्वकर्मा र कोइराला पक्षका नेता जीवन परियार हाबी हुन्छन् । आफ्नो पक्षका उम्मेदवार टुंगाउन आकांक्षीहरु सहित दुबै पक्षका नेताहरुको बैठक पटक पटक बसेपनि उम्मेदवारको टुंगो भने लागेको छैन ।
आसन्न महाधिवेशनमा आकांक्षीमा संस्थापनबाट शम्भु हजारा पासवान वा लकान्द्री मध्ये एक हुने सम्भावना रहेको नेताहरु बताउँछन् । संस्थापनइतरमा डोबाटे बलियो उम्मेदवार हुन् ।

२०७३ सालमा हुनुपर्ने संघको महाअधिवेशनको पटक पटक मिति सर्दै अहिलेसम्म हुन नसकेको हो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान