"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आज विश्व मिर्गौला दिवस , खानपानमा ध्यान दिए मिर्गौला स्वस्थ राख्न सकिन्छ

Khabar Raftar

फागुन २६, एजेन्सी । आज विश्व मिर्गौला दिवस हो । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । कार्यक्रममा अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिइने छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दिवसका अवसरमा अहिले काठमाण्डौको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निस्किएको छ । पदयात्रा दशरथ रङ्गशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अंगदाता, डाक्टर, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएका डाक्टरले बताएका छन् । मिर्गौला रोग लाग्न नदिन बेलाबेलामा परीक्षण गर्नुपर्ने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठ बताउनुहुन्छ । कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा हुने उहाँको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र उपचारमा जाने प्रवत्ति रहेकाले पनि समस्या बढ्दै गएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसङ्ख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ । खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको डा। श्रेष्ठले बताउनुभयो ।

बिहान उठ्ने बित्तिकै पानी पिउन, हिँडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाई अनुसार तौल व्यवस्थापन गर्न पनि डाक्टरको सुझाव छ । सरकारले मिर्गौला रोग लागेका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, आवश्यक उपचार तथा औषधिका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले मिर्गौलाको उपचार र डायलाइसिसका लागि ७० वटा अस्पताललाई सूचीकृत गरेको छ । मिर्गौला खराब भएपछि हप्तामा दुईदेखि तीन पटक नियमित डायलाइसिस गरी रगत सफा गर्नुपर्ने वा आफन्तको मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ