फागुन १९ धनगढी । सुदूरपश्मिाञ्चल साहित्य समाजद्वारा आयोजित नेपाली साहित्य महोत्सव सुरू भएको छ । विहिबारधनगढीमा साहित्य महोत्सव सुरू भएको हो । विहिबार फागुन १९ देखि फागुन २१ गते सम्म हुने नेपाली साहित्य महोत्सव २०७८ को सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्द्घाट्न गर्नु भएको हो ।
नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्रि भट्टले कला संस्कृती र साहित्यले प्रदेशको विशेषता बोकेको बताउदै यस्ता मेला महोत्सबले संरक्षण र सम्बर्दन गर्ने बताउनु भयो । मुख्य मन्त्री भट्टले सुदूरपश्मिाञ्चल साहित्य समाजले कला संस्कृती र साहित्यको माध्यामबाट सुदूरपश्मि प्रदेशलाई सम्बृद्ध प्रदेश बनाउन अहम भूमीका जिर्बाह गर्दै आएको बताउनु भयो ।
उनले स्रष्टाका सृजनाहरुले सुदूरपश्मिका पर्यटकीय क्षेत्रसंगै कला र संस्कृतीको उजागर गर्दै संरक्षण र सम्बर्दनमा टेवा पु¥याउने काम गर्दै आएको बताउनु भयो । त्यसैगरी आन्तरिक मामीला तथा कानून मन्त्री पूर्णा जोशीले कला संस्कृतीलाई विर्सनु नै आफ्नो पहिचानलाई विर्सनु भएको बताउदै हाम्रो पुष्ताले आमाले गाउदै आएको मागल र संसकार विर्सदै गएको बताउनु भयो । हाम्री आमाले गाउने मागल हामीले विर्सदै आएका छौ, हाम्रा परम्परागत संस्कृतीहरु हामीले विर्षदै गएका छौ ।
यस्तो साहित्यलाई हामीले पुनः सबैमा जागृत गराउनु पर्छ मन्त्री जोशीले भन्नु भयो । उनले सुदूरपश्मिाञ्चल साहित्य समाजले अनुकरणीय कार्य गर्दै आएको बताउदै प्रदेश सरकारले महत्वपूर्या रुपमा लिएको बताउनु भयो । त्यसैगरी सामाजिक विकास मन्त्री लाल बहादुर खडकाले नेपाली साहित्य महोत्सवले सुदूरपश्मिलाई देश विदेशमा चिनाउने काम गनूृका साथै स्रष्टाहरुलाई प्रोत्साहन गर्ने उल्लेख्य कार्य गरेको बताउनु भयो ।
उनले कला साहित्यले प्रदेशको छुट्टै पहिचान बनाउने बताउदै त्यो् काम साहित्य समाजले गर्दै आएको बताउनु भयो । त्यसैगरी नेपाली साहित्य समहोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तराष्टिय स्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउनु भयो ।
त्यसैगरी सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले महोत्सवमा विभिन्न ठाउँबाट दुई सय बढी साहित्यकारको उपस्थिती रहेको जानकारी गराउदै उनीहरुको उपस्थितीमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने बताउनु भयो ।
गजल साँझ, सांगीतीक साझ लगायतका कार्यक्रमको पनि आयोजना गरिएको जानकारी गराउदै उनले यस अघि २०७६ सालमा धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएको जानकारी गराउनु भयो ।


