फागुन १८ धनगढी । कैलालीको धनगढी देखि पोखरा उडान सुरु हुने भएको छ। बुद्ध एयरले धनगढी देखि पर्यटकीय नगरी पोखराको हवाई उडान आज देखि सुरु गरेको हो ।
बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्।
No data was found
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट ( नाटा )का सचिव पदम विक्रम सिंहले लामो समयको अनुरोध पछि बुद्धऐरले पोखरा–धनगढी उडान भर्न लागेकोमा खुशी व्यक्त गरे। धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुँदै आएको छ।
Post Views: 234

