प्रदिप मलासी , फागुन १४ बझाङ । बझाङको तल्कोट गाउपालिका वडा नम्बर ३ कि केशुदेवी रोकायाको हुलाक बचत बैकको खातामा तिस हजार रुपैया जम्मा छ । तर त्यो पैसा निकाल्न खोज्दा खोज्दै ४–५ महिना बित्यो, उनले निकाल्न पाएको भएको
छैन । खातामा जम्मा देखिएको छ, तर नगद भने पाईरहेकि छैनन । उनका आफन्त सदरमुकाम स्थित जिल्ला हुलाक कार्यालय पटक पटक कारोबार कहिले हुने हो भनेर धाउदा धाउदा थाकिसकेका छन ।
हुलाक बचत बैक बझाङमा १७ सय बचतकर्ताले खाता खोलेका छन । ती खातामा जम्मा भएको करिब पाच करोड असी लाख चौबिस हजार रुपैयाँ बचतकर्ताले पाईरहेका छैनन । ‘पैसा जथाभावी चलाएर पहिलाका कर्मचारिले ग्राहकलाई धोका दिए, अहिले हाम्रो टाउको दुखाई बनेको छ’, बैंकका सूचना अधिकारि यज्ञराज खत्री भन्नुहुन्छ । ढुकुटिमा नगद रकम छैन । ग्राहक आफुले राखेको रकम चेक लिएर साट्न आउने गरेको बताउदै सम्झाई बुझाई ग्राहकलाई फर्काउनुको बिकल्प नभएको कार्यालय प्रमुख नन्दराज जोशिले बताए ।
रकम दुरुपयोग भएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । तत्कालिन निमित्त कार्यालय प्रमुख रण बहादुर कठायतको नाममा २ करोड ९४ लाख ८९ हजार ९ सय ७१ र अर्का कर्मचारि शिवराज उपाध्यायको नाममा २ करोड २४ हजार ८ सय ६९ रुपैयाँ बिगो दावी सहित अख्तियारले बिशेष अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारि खत्रीले जानकारी दिनुभयो ।
बचत कर्ताको रकम फिर्ता दिनका लागि आफुले पटक–पटक धनादेश कार्यालयको केन्द्रिय कार्यालयमा पत्राचार गरेको भए पनि समस्या हल नभएको कार्यालय प्रमुख जोशीले बताउनु भयो । बबरमहल स्थित धनादेशकि प्रमुख जानुका सुबेदीका अनुसार कर्मचारीले रकम हिनामिना गरेका कारण सोही कर्मचारीबाट असुल गर्ने भन्ने भएकोले रकम असुल गरेपछि मात्रै वितरण गर्ने जानकारी दिनु भयो ।
सरकार वा माथिल्लो निकायले सो रकम सहयोग गर्यो भने पनि बचतकर्तालाई फिर्ता दिन सकिने सुबेदीले बताउनु भयो । रकम हिनामिना गरेको आरोपमा तत्कालिन हुलाक कार्यालय प्रमुख सहित दुई जनाको नाममा बिशेष अदालतमा मुद्दा चलिरहेको छ । आरोपित व्यक्तिबाट असुल उपर वा सरकारले नगद सहयोग नगेरसम्म बचतकर्ताले रकम फिर्ता पाउने बाटो छैन ।

