"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमीलाई

No data was found

Khabar Raftar

फागुन १४ धनगढी । बिद्याभुषण पब्लिक स्कुल गेटा कैलालीलाई १ सय ६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक जितेको छ । उपाधि सहित सत्यवती एकेडेमीले एक लाख पचास हजार रुपैयाँ तथा उपविजेता बिद्याभुषणले पचहत्तर हजार रुपैयाँ प्राप्त गय्रो । धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २ सय ५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणका नुरेन बिस्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सत्यवती एकेडेमीको बलिंगमा युवराज खत्री र निरज भट्टले समान तिन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए।यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो ।
सत्यवतीको ब्याटिंगमा अन्डर–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए जुन क्रममा उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरेका हुन । यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरका हुन । आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिएका हुन ।
सन्तोष कार्की र खगेन्द्र जोशीले १ सय ८० रनको ओपनिंग साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो । चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरेका थिए । बिद्या भुषणका बलर प्रदिप चन्दले तिन विकेट तथा बिरेन्द्र नाथले एक विकेट लिएका हुन । महँगो सावित भएका टिम कप्तान शेरले ४ ओभर बलिंग गर्दा ७९ रन खर्चेर विकेटविहिन रहेका हुन ।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरेका हुन । त्यस्तैगरी उत्कृस्ट ब्याट्सम्यान विद्या भुषणका बिरेन्द्र नाथ तथा उत्कृस्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए जसले जनही दश हजार रुपैयाँ प्राप्त गरेका हुन । त्यस्तैगरी उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे।फाल्गुन २ गते देखि सुरु भएको प्रतियोगितामा दश टोलिको सहभागिता रहेको थियो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान