फागुन १४ धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप चार जनामा कोरोना भाइरसको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१ नमुना परीक्षण गर्दा चार जनामा संक्रमणको पुष्टि भएको हो ।
सोही अवधिमा दुई जना अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी गराउनु भयो । हाल अस्पतालमा तीन जना संक्रमित विरामीको उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी जानकारी गराउनु भयो ।
Post Views: 203