"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामुदायिक भवनको भाडा नतिरी कार्यकाल पुरा गर्दै बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जाग्री

No data was found

Khabar Raftar

प्रदिप मलासी बझाङ । ्२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनवाट निर्वाचित भएका बझाङ्ग जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ६ चुवावन गाउँका वडाध्यक्ष धिरज जाग्रीले भाडा तिर्ने सर्तमा सामुदायिक महिला भवन कब्जा गरी भाडा नतिरि आफनो कार्यकाल पुरा गर्ने भएका छन ।

निर्वाचन जिते पछि वडा कार्यालयको दैनिकि काम काज संञ्चालन गर्न वडाको भवन नभएका बेला गाउकै सर्वसाधारण दिदि बहिनीले चन्दा संकलन गरि बनाएको भवनलाई भाडा तिर्ने सर्तमा भवनमा कार्यालय संचालन गरे पनि निर्वाचित भएको मिति देखि आज सम्म महिला भवनको उनले एक रुपैया भाडा तिरेका छैनन ।

हामी महिलाहरुको सामुदायिक भवनको मासिक भाडा दिने सर्तमा वडा कार्यालय राख्न दिनु पर्याे भनि माग गरे पछि महिलाको बिचमा सल्लाह गरेर ठिकै छ । वडासरकार पनि हाम्रो कामको लागि हो भन्ने सोचेर भाडामा दिएको करि ३ वर्ष भए पनि अहिले सम्म भाडाको नाममा एक पैसा नदिएको स्थानिय महिलाहरुले बताएका छन ।

उल्टै वडावाट महिलाका लागि आउने जनचेतना मुलक कार्यक्रम पनि कहाँ जान्छन के गर्छन केही थाहा नभएको उनिहरुले बताएका छन । भाडाको कुरा उठान गरेर धेरै चोटी वडा कार्यालयमा ताला लगाई सकेको भए पनि आफ्नो अधिकारको चरम दुरुपयोग गरेर उल्टै हप्काउने र थर्काउने गरेको उनिहरुले बताएका छन । तीमी महिलाले के गर्न सक्छौ म यो वडाको राजा हु भन्दै थर्काउने गरेको स्थानीय पाला देवी जाग्रीले बताउनु भयो ।

गाउपालिकाले वडा कार्यालयको भाडा भनेर मासिक ६ हजारका दरले छुट्याएको भए पनि सम्बन्धित महिलाहरुले भने भवनको भाडा आज सम्म नपाएको   बताए । आलटाल गरेर पावरको धाक देखाउँदै अहिले सम्मको भाडा पनि अध्यक्षले खाएको आरोप उनिहरुले लगाएका छन । वडाध्यक्ष जाग्रीले भने स्थानीयले लगाएका सबै आरोपहरु निराधार भएको बताउदै आएका छन । उनले महिला भवनमा वडा कार्यालय रहेको स्विकार गर्दै गाउपालिकाबाट वडा कार्यालयको भाडा भनि छुट्टयाएको रकमले वडा सचिव र सामाग्री राख्नका लागि लिएको २ कोठाको भाडा तिर्दै आएको बताए ।

हामीसंग आफनो भवन छैन दुर्गम गाउ भएकाले जेनतेन दैनिकी वडा कार्यालयको काम चलाउदै आएका छौ । मलाई लगाएका सबै खालका आरोप निराधार छन । वडाध्यक्षले एक लौटी राज गर्याे भन्छन केही बोलौ भने गाउले उल्टै म माथी खनिने गरेकाले म जनप्रतिनिधि भएकाले आफनो जिम्मेवारी सम्झेर चुप लागेर सेवा गरिरहेको छु उनले भने ।

उनले वडा सचिवलाई निजि निवासको लागि पालिकाले घर भाडाको व्यवस्था नगरेको भए पनि दुर्गाथली गाउपालिका वडा नम्बर६ का वडाध्यक्ष धिरज जाग्रीले वडा सचिवको कोठा भाडा र वडाको सामान राख्न अर्को कोठा लिएर भाडा दिने गरेको ्देखिएको छ ।

वडा सचिव नबिन सिंह वडाध्यक्ष पुत्री अस्मिता जाग्रीका श्रीमान पनि हुन अध्यक्ष जाग्रीले आफनै ज्वाईलाई वडा सचिव पाउदा कार्यालय संचालनका लागि पालिकाले छुटयाएको घर भाडा रकम आफनै आमाकै नाममा पालिकावाट भुक्तानी लिएर भए पनि रकम पचाउने गरेको स्थानीय आयुश जाग्रीले खबर रफतार लाई बताए ।
आज तपाईहरु हाम्रो गाउमा आएर हामीले गुनासो गर्ने अवसर पाएका छौ । नेकपा एमाले वडा कमिटी अध्यक्ष धन बहादुर धामीले भने । जुनसुकै राजनितिक धारवाट आए पनि पदभार समाली सके पछि स्वतन्त्र हुनु पर्नेमा स्थानीय सरकारको वडा प्रमुखले बाधको रुप लिएर नराम्र्रो हर्कत र हैसियत देखाउनु समाजको लागि अपचको बिषय भएको उनले बताए ।

संघिय व्यवस्थाले कुनै पनि जनप्रतिनिधिलाई स्थानीय जनता माथी बाघ बनेर गर्जन राज्यको व्यवस्था बनाएको होईन उल्टै गाउ समाज र वडाको अधिकार बिकास र जनताको जिवन स्तर माथी उठाउन यो व्यवस्था लागु गरेकाले वडाध्यक्ष जाग्रीले शुसासनको अनुभुती दिलाउनुको सट्टा उल्टै बाघ हुँ भन्दै जनतालाई तर्साउने र बजेटको हिनामिना गर्ने मापदण्ड बिपरित बिकासका गतिबिधी अगाडी बढाउने कार्य आपत्ति जनक रहेको नेकपा एमाले वडा कमिटी अध्यक्ष धन बहादुर धामीले बताए ।

संघिय लोकतान्त्रिक गणतन्त्रकोले दिएको व्यवस्थाले सिंह दरवार गाउ गाउमा लागु गर्ने अवसर प्राप्त भए पनि वडा स्तरका जनप्रतिनिधिमा दक्षता र राजनितिक ज्ञानको कमीले हाम्रो गाउ समाज र देशमा देखिएको अनुशासन हिनता र चरम लाफरवाहिले देशको वर्तमान राजनितिक अवस्था र बिकासको गतिले पूर्ण सफलता पाउन नसक्नु जनप्रतिनिधिले बर्तमान शासन व्यवस्था भएको मूल्य मान्यता नबुझन्नु सरी भएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित