धनगढी,१२ फागुन । बन्दखुक सहित सहित कैलालीबाट तीन जना पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान साढे ४ बजेको समयमा कैलारी गाउँपालिका वडा नम्बर–५ छोटकी पलियाबाट एक थान बारबोर बन्दुक र ५ वटा जीउदो कार्तोस सहित तिन जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नम्बर ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार कैलारी गाउँपालिका वडा नमबर–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरीलाई हतियार सहित पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायतको कमाण्डको टोलीले जंगल आसपासको क्षेत्रमा गस्ती गरी रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।
Post Views: 220


