"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गैर किसानलाई योजना दिदै पशु सेवा बिज्ञ केन्द्र कैलाली

No data was found

Khabar Raftar

जगत जयगडी । लामो समय देखि पशु पालनमा लागेका किसानलाई पाखा लगाउदै कैलालीको भेटनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले गैर किसानलाई छनौट गरी योजना दिएको पाईएको छ ।
आर्थिक बर्ष ०७८÷०७९ को स्वीकृत वार्षिक ग्रामिण कुखुरा प्रर्वद्घन कार्यक्रमको भदौ १८ गते निकालेको सूचनाको आधारमा प्रस्तावना पेश गरेका किसान मध्ये प्राय गैर किसान छनौटमा परेको पाईएको हो ।

आधिकारिक फर्म दर्ता र फर्म संचालन गरेको ठाउ फर्मको अवस्था लगाएतका सम्पूर्ण गतिबिधिको अनुगमन पछि किसानको छनौट गर्ने प्रक्रिया भए पनि कागजी रुपरेखा लाई मात्र ध्यानमा राखि गैर किसान लाई योजना दिने गरेको योजनकालागी आबेदन दिएका तर छनौटमा नपरेका एक जना किसानले बताएका छन । सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र पशुपन्छी सम्बन्धि उद्यमीहरुलाई कानुन बमोजिम प्रस्तावना पेश गर्ने सूचना प्रकाशन गरिएको अवस्थामा कागजकै भरमा गैर किसानको हातमा योजना थमाउने कार्यले गर्दा बास्तविक किसान मर्कामा परेको रीतु बाख्रा कुखुरा फर्मका सञ्चालक पदम राजव गीरीले जानकारी गराए ।

भेटनेरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कैलालीका बरिष्ठ पशु विकास अधिकृत डाः हेमराज अबश्थीले कर्मचारीको अभावमा प्रभावकारी अनुगमन गर्न नसकिएको स्विकार गर्नु भएको छ । उक्त विषयमा आएको गुनासो बारे सुदूरपीश्म प्रदेश को भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा जानकारी गराएको बताउनु भयो ।

उनले छनौट समितिमा जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय लगाएत ५ जना रहेको समेत जानकारी गराउनु भयो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिम प्रदेशले हरेक वर्ष पशुपन्छी पालनका क्षेत्रमा काम गर्दै आएका किसानलाई निस्पक्ष रुपमा छनौट गर्दै अनुदान प्रदान गर्ने प्रक्रियालाई निरन्तरता दिदै आएका बेला गैर किसानलाई योजना दिने र कमिसनको खेल गर्ने कर्मचारीको नियतले गर्दा बास्तविक किसान मर्कामा परेका छन ।

किसानलाई राज्यका हरेक सुबिधावाट बञ्चित गरेको कुखुरा पालनमा लामो समय काम गदै आएका पदमराज गीरीले बताए । कुखुरा पालन पकेट क्षेत्रमा मिनी ह्याचरी स्थापनामा ४ लाख र कुखुरा प्रबद्र्घन चल्ला खरिद,खोर सुधार दानापानी खुवाउने,भाडा ,डिकर फिल्टर खरिद लगाएतका कार्यमा प्रतिव्यक्ति २ लाखका दरले २० जना छनौट गर्नु पर्ने उल्लेख गरिएकोमा सूचनाको नम्स तोडमोड गरि बिज्ञ केन्द्र कैलालीले गैरकिसान छनौट गरि योजना बितरण गरेको उनले बताए ।
सूचनामा प्रकाशित आवाश्यक सर्तको कागजी पालन गर्नेलाई योजना दिने र कर्मचारीको मुख चिल्लो बनाउने गैर किसानको यो प्रवृतिले राज्यको निति नियम माथी प्रश्न त उठेकै छ तर यति बेला भेटनेरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कैलालीको दैनिकी कार्य सम्पादनमा पनि किसानले संकुचित हुनु पर्ने अवस्था सिर्जना भएको छ ।

प्रदेश सरकारको आँगनमै रहेको कैलाली पशु सेवा बिज्ञ केन्द्रको योजना छनौट प्रक्रिया नै किसानका लागि सन्तोषजनक नभएका बेला सुदूरपश्चिमका अन्य जिल्लामा वास्तबिक किसानको निस्पक्ष मुल्याङकन नभएको बास्तविक किसानले गुनासो गरेका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान