"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

महाकाली नदिमा पुल सञ्चालन नहुँदा आवतजावतमा समस्या

Khabar Raftar

फागुन १०, दार्चुला । भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । विगत तीन दिन देखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिकरूपमा ड्युटी गर्न थालेको व्यास गाउँपालिका वडा नं ४ का स्थानीय एवं वडा सदस्य प्रेमसिह धामीले बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दार्चुला सदरमुकाम खलंगा बजार आवत जावत गर्न व्यासका स्थानीयले महाकाली नदीमाथि तुइन तरेर भारतीय सडकको प्रयोग गर्ने गरेका छन् । नेपालतर्फ राम्रो सडक नहुदाँ भारतीय बाटो प्रयोग गर्न स्थानियहरु बाध्य रहेको वडा सदस्य धामीले बताए ।

नेपालको बाटो भएर सदरमुकाम झर्न एक दिन हिँड्नुपर्छु उनले भने । तत्काल अस्पताल पुगाउनुपर्ने बिरामी देखि दैनिक उपभोग्य समान किनमेल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाले पछिल्लो समय तुइन हटाइँदा समस्या भएको छ । मलघट्टेको पुल निर्माण सम्पन्न भएकाले जनताको सहजताका लागि सञ्चालनमा ल्याइनुपर्ने उनको भनाइ छ । केही व्यक्तिहरु गेट बन्द गरिएको पुलबाट हाम फालेर आवत जावत गरिरहेकाले यसले झन दुर्घटनाको जोखिम निम्त्याएको छ ।

एसएसबीले तुइन हटाएको विषयमा आफू जानकार नभएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए ।

व्यास गाउँपालिकाको वडा नं ४ मलघट्टे र वडा नं ६ को बडुगाउँमा नेपाल भारत जोड्ने झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सकिँदा समेत पुलहरु सञ्चालनमा आएका छैनन् । वडुगाउँमा गत बर्ष पुल निर्माण सम्पन्न भएको थियो भने मलघट्टेमा अघिल्लो महिना पुल निर्माण सम्पन्न भएको छ ।

दार्चुलाको महाकाली नदीमा तुइन मुक्त कार्यक्रम अन्र्तगत चारवटा सीमापुल निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा