"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

युक्रेन संकट समाधानका लागि फ्रान्सेली प्रयासः बाइडेनसँग कूटनीतिक वार्ता गर्न पुटिन सहमत

No data was found

Khabar Raftar

ऐजेन्सी । युक्रेन संकट समाधानका लागि कूटनीतिक मार्गलाई प्राथमिकता दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको फ्रान्सले बताएको छ । युक्रेनको पूर्वी क्षेत्रमा जारी द्वन्द्व समाधानका लागि शान्ति सम्झौता गर्न तथा युक्रेन संकट समाधानका लागि युद्धको साटो वार्तालाई प्राथमिकता दिन पुटिन सहमत भएको फ्रान्सेली अधिकारीले बताएका हुन् ।
संकट समाधानको प्रयासस्वरुप फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रुसी समकक्षी पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् । त्यस क्रममा म्याक्रोँ र पुटिनबीच दुई देशका विदेशमन्त्रीबीच चाँडो वार्ताको वातावरण बनाउने सहमति भएको छ । रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको पश्चिमा राष्ट्रले बताउँदै आएका छन् । तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । यस्तै युक्रेनले पनि आजभोलिमै रुसले आक्रमण थाल्ने सम्भावना नरहेको बताएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँले आइतबार पुटिनलाई टेलिफोन गरेर सम्भावित युद्ध टार्ने प्रयास गरेका हुन् । अमेरिकासहितका पश्चिमा राष्ट्रले अन्तिम समयसम्म संकट समाधानका लागि कूटनीतिक मार्ग अपनाउने बताउँदै आएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ । यस्तै पूर्वी युक्रेनमा रुसको साथ पाएका विद्रोहीको गतिविधि पछिल्ला दिनमा तीव्र बनेको छ । केही दिनयता विद्रोही र युक्रेनी सैनिकबीच भिडन्त भएका छन् । यही परिवेशमा फ्रान्सेली राष्ट्रपति र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तापछि म्याक्रोँले आइतबार दोस्रोपटक रुसी राष्ट्रपति पुटिनसँग वार्ता गरेका थिए । म्याक्रोँले बाइडेन र पुटिनबीचको वार्ताका लागि प्रस्ताव गरेको फ्रान्सेली राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । रुसले युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा सो बैठकका लागि सहमति भएको जनाइएको छ । बाइडेन र पुटिन सम्भावित वार्ताको विस्तृत विवरण वा तयारीबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच बिहीबार वार्ता एवं छलफल हुने भएको छ ।आइतबार भएको म्याक्रोँसँगको पहिलो टेलिफोन वार्तामा पुटिनले तनाव बढ्नुमा युक्रेनी सैनिकको गतिविधि जिम्मेवार रहेको आरोप लगाएका थिए। तर दोस्रो टेलिफोन संवादको क्रममा पुटिन वार्ताका लागि तयार भएको जनाइएको छ ।

No data was found

भर्खरै

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु
बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ
अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै

धेरै कमेन्ट गरिएको

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura

एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

Untitled-15

बादी समुदायको मादल बनाउने पुख्र्यौली पेशाबाट गुजारा चलाउन सकस

Screenshot_20240929_092450_Lite-1727581253

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

बाध्यताले नभई रहरले कर तिर्ने बाताबरण बनाऔ

basuki-mabi-e1762578288483

अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन

death-pt2023-05-03-08-12-06

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी