फाल्गुन ९,धनगढी । धनगढीका एक वृद्ध बेपत्ता भएका छन्। उपमहानगरपालिकाको वडा नम्बर ८ कान्तिपुर टोलका ७५ वर्षीय नरबहादुर विष्ट आइतबार साँझबाट हराएका परिवारले बताएको छ।
No data was found
अलि मानसिक समस्या भएका उनी साँझ ४ बजे घरबाट चिया पिउने भनेर मुख्य सडकमा आएको र फेरि घर नफर्केको आफन्तले बताएका छन्। साँझ नै प्रहरीमा खोजतलासका लागि खबर गरेको परिवारले जनाएको छ। बेपत्ता विष्टलाई फेला पार्ने जो कोहीले प्रहरी या मोबाइल नम्बर ९८४८७९५३६५ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्।
Post Views: 505

