मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) को चर्को विरोधका बाफजुद पनि देउबा सरकारल्े संसदमा एमसीसी टेबुल गरे पछि आन्दोलन झनै चर्किने भएको छ । सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले पनि एमसीसीको विरोध गरीरहदा पनि देउबाले नुनको सोझो गरेर जुन राष्ट्रघात गरेका छन इतिहासले त्यसको लेखाजोखा गर्ने नै छ । तर सत्तारुढ गठबन्धनका नेताहरुमा अलिकती पनि नैतिकता बचेको छ भने सरकार छोडेर सडकमा जन्तासंगै एमसीसीको विरोधको आन्दोलनमा सहभागी हुनु पर्छ ।
एमसीसीको विरोधमा देशभर आन्दोलन भईरहदा पनि देउबा सरकारले जन्ताको प्रबाह नगरी एमसीसी टेबुल गर्नु राष्ट्रघात हो । यस्तो राष्ट्रघात गर्ने देउबाको पार्टीलाई जन्ताहरुले निर्बाचनमा देखाई दिने छन । ईतिहाँसले पनि देउबाको ईतिश्री गर्ने नै छ । सबै भन्दा पहिले सत्तारढ दलहरुले गठबनधनको औचित्य सकिएकाले सत्ताबाट ईतिश्री गर्न जरुरी छ ।
Post Views: 458