"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

रुसी राष्ट्रपतिसँग कुरा गर्ने युक्रेनका राष्ट्रपतिको चाहना

Khabar Raftar

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपतिसँग कुरा गरी जारी संकटको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको बताएका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जेलेन्स्कीले शनिबार म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै भेटघाट गरेर पुटिनले के खोजेका छन् भनेर बुझ्न चाहेको र जारी संकटको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको बताएका हुन् । ‘रुसी सहासंघका राष्ट्रपतिले चाहेको कुरा मलाई थाहा छैन’, उनले भने, ‘यही भएर भेटघाटको प्रस्ताव
गर्दैछु ।’ युक्रेनले रुससँगको जारी तनावमा कूटनीतिक बाटो मात्रै अवलम्बन गर्ने पनि जेलेन्स्कीको भनाइ थियो । ‘युक्रेनले केबल कूटनीतिक बाटो अवलम्बन गरेर शान्तिपूर्ण समाधानको पक्षमा लाग्ने छ’, उनले भने ।

रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेको पूर्वीयुक्रेनमा हिंसात्मक झडप हुन थालेपछि जेलेन्स्कीले पुटिनसँग कुरा गर्न चाहेका हुन् । उक्त क्षेत्रमा शनिबार भएको गोलाबारीमा दुईजना सरकारी सैनिक मारिएको थिए । शनिबार ७० पटक युद्ध विराम उल्लंघन गरेको पनि युक्रेनी सेनाको भनाइ छ ।
युक्रेनमा सन् २०१४ यता सरकारी सेना र रुस समर्थित पृथकतावादीबीचको लडाइँमा परी हालसम्म झण्डै १४ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
यसैबीच, रुसले युक्रेनी फौजमाथि पृथकतावादीलाई लक्षित गरी कम्तिमा दुई पटक गोलाबारी गरेको आरोप लगाएको छ । तर, युक्रेनका विदेशमन्त्री डिमित्रो कुबेलाले उक्त आरोपलाई ‘झूठ’ भन्दै अस्वीकार गरेको द एसोसियएटेड प्रेसले जनाएको छ ।
पूर्वीयुरोपमा तनाव चर्किन थालेपछि पृथकतावादी नेताहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रबाट महिला र बालबालिका गरी ७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनेको द न्यू योर्क टाइम्सले जनाएको छ ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना