"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामाजिक सुरक्षा भत्ताको भरमा कौशिल्ला कामीको परिवार

No data was found

Khabar Raftar

प्रदिप मलासी,फागुन ०८ बझाङ । तेह्र वर्ष देखि अर्काको जमिनमा टहरा बनाएर जीवन गुजारा चलाउदै आएकी बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ देउलीगाउकी ३० वर्षिय कौशिल्ला कामीको गुजारा सामाजिक सुरक्षा भत्ताले चल्दै आएको छ ।
रोजगारीको शिलशिलामा ५ वर्ष अगाडी हिमाली जिल्ला दार्चुला गएका उनका श्रीमान तारा कामीको निधन पछि घर परिवारको जिम्मेवारी बहन गर्दै आएकी कौशिल्लाको गुजारा सामाजिक सुरक्षा भत्ताले चल्दै आएको हो । ९ वर्षको छोरा शम्भु कामी र ५ वर्षको छोरा कपिल कामी सहितको तिन जनाको उनको परिवार गाउकै लोकेन्द्र बहादुर सिंहको निजी जग्गामा घरटहरा बनाई सामाजिक सुरक्षा भत्ताको भरमा उनको गुजारा चल्दै आएको हो ।

कौशिल्लाको अरु कुनै सम्पती नभएको र आयस्रोतका नम्मा एकल महिला भत्ता भएकोले त्यसैले दुई छोरा र आफुले दैनिकी चलाउदै आएकी हुन । २५ वर्षको उमेरमा श्रीमान गुमाएकी कौशिलाको अरु कुनै साहरा छैन ।

दैनिक ज्यालामजदुरी गर्ने ईच्छा भए पनि ग्रामिण बस्तीमा मजदुरी गरे पनि ज्याला नपाउदा दैनिकी चलाउन कठिन भएको उनले बताईन ।
आर्थिक वर्ष ०७७÷०७८ को अन्तिम किस्ता रकमको ३९ लाख सामाजिक सुरक्षा भत्ता वडा सचिव ओपिन्द्र महतोको कोठावाट साउन २९ गते राती चोरी भए यता बुंगल नगरपालिका वडा नम्बरं ९ र ११ का सबै सामाजिक सुरक्षा भत्ता पाउने ब्याक्तिहरुको भत्ताको पैसा रोकिएकाले आधा पेट खाने कुरा र आधा पेट पानी खाएर दिन काट्नु पर्ने अवस्था रहेको उनले बताईन ।
युग सरोकारसंग २५ वर्षको उमेर श्रीमान गुमाएको बताउदै उनले त्यस पछि मिठो खाने र राम्रो लगाउने कुरा सपना मात्र भएको बताईन । घर जग्गा केही छैन गाउलेको सानोतिनो काम गरेर खान्थे काम सधै पाइदैन, पाए त्यसले गुजरा चल्दैन उनले भनिन । सबैका बच्चाहरु बिद्यालय जाँदा मेरा बच्चाले पनि बिद्यालय जाने चाहना त गर्छन तर शरीरमा लगाउने लुगा छैन खुट्टामा लगाउन चप्पल छैन,बच्चाले बिद्यालय जान्छु भन्दा खुशी त हुन्थे तर आफनो गरिबीले गर्दा मनमा ठुलो चोट पुग्छ उनले भनिन ।
आफ्नो जमीनमा टहरा लगाउन दिने जग्गा घनीले १ कट्टा चामल र छोराहरुलाई कपडा किनि दिएको बताउदै उनले कोरोनाको समयमा दलित सहयोग समाज संस्थाले १ कट्टा चामल नुन तेल साबुन र ४ बाख्रा खोर मर्मत गर्न पाँच हजार नगद सहयोग गरेको बताईन । उनले खरको छानो भएको टहरा हटाएर सिलटको छानो भएको नयाँ सानो घर बनाई दिएको बताउदै घर बनाउदा पनि २५ हजार ऋृण लागेको बताईन ।

मेरो आयस्रोत केही छैन आयस्रोत भनेकै ्एकल महिला भत्ता मात्र हो । वर्खाको समयमा घर चुहिने भएकाले नसुती रात बिताउने कौशिलाको अवस्था देखि गाउलेले सानो सिलटको छाना भएको घर बनाई दिएका भए पनि आफ्नै जग्गा नहुँदा जग्गा घनीले माया गर्न छोडे कुन दिन छोड्नु पर्ने हो भन्ने चिन्ताले सतथाउने गरेको उनले बताईन ।
बिगतका दिनमा कौशिलाका ससुराले जग्गाघनी सिंह परिवारको घरेलु औजारको रुपमा प्रयोग हुने आँसी, बन्चरोमा धार लगाउने सर्तमा त्यो ठाउ बस्न पाएका भए पनि ससुराको मृत्यु पछि त्यो काम पनि छुटेको र आजकाल सिंह परिवारको घाँस काट्ने, दाउरा ल्याउने आँगन खलो पोत्ने सर्तमा घर बास पाएको उनले बताईन । गाउलेको सहयोगले सानो बस्ने घर बनाई दिए पनि अझै कौशिलाको टाउकोमा २५ हजार ऋृण छ । साहुले कौशिलालाई कहिले घरमा आएर त कहिले बाटोघाटोमै भए पनि पैसा माग्ने गरेको उनले बताईन ।

सामाजिक सुरक्षा भत्ताको पैसा आउछ दिन्छु भन्ने जवाफ पनि आजकाल बन्द भएको कौशिल्लाले बताईन । सामाजिक सुरक्षाको सबै पैसा वडासचिवको कोठावाट चोरी भएर त्यो मुद्घामा वडासचिव र प्राबिधिक अनुसन्धानमा प्रहरी हिरासतमा छन कुन दिन छिनोफानो हुने हो अत्तोपत्तो छैन यता स्थानीय बृद्घ,बालबालिका ,एकल महिला लगाएतका सामाजिक सुरक्षा भत्ताका लाभग्राही भत्ता आउने आसमा दिन गन्दै बसेका छन ।

यस अघि कोरोना भाईरस कोभिड १९को दोस्रो लहरको समयमा युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाज बझाङ्गको सहकार्यमा कौशिला लाइ खाद्यान्न सामाग्री ४ बाख्रा र पाँच हजार खोर मर्मतका लागि नगद पैसा सहयोग गरेको भए पनि अरु कुनै सरकारी निकाय संघसंस्था र व्यक्ति वाट सहयोग प्राप्त हुन नसकेको उनले बताईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान